बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा २’को नयाँ गीत सार्वजनिक ( भिडियोसहित )

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ श्रावण ६, शुक्रबार) ११:०२

असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक भएको केही दिनपछि पहिलो गीत सार्वजनिक भएको हो ।

‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर छ । प्रिन्स र अल्मोडाको संगीत रहेको गीतमा प्रिन्स र दीपकराज गिरीको शब्द छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार जीतु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकालको अभिनय छ ।

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, बुद्धि तामाङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, दिर्घ गुरुङको छायांकन छ । चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् । कार्यक्रममा चलचित्रका निर्माता समेत रहेका दीपकराज गिरीले यो गीतलाई ट्राभल गीतको रुपमा वुझिदिन सबैलाई आग्रह गरेका थिए ।

हेर्नुहोस भिडियो :-


(२०७४ श्रावण ६, शुक्रबार) ११:०२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना