मलेसियामा प्रहरीलाई १०० घुस दिन खोज्ने दुई नेपाली जेल चलान, १० हजार रिङ्गेट जरिवाना

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ श्रावण ५, बिहीबार) १२:३२

मलेसियाको प्रहरीलाई घुस दिन खोज्ने दुई नेपालीलाई जेल चलान गरिएको छ। धनबहादुर तामाङ, ३३ र हिरान विश्वकर्मालाई जेल चलान गरिएको मेलियसाको द स्टार अनलाइनले उल्लेख गरेको छ। जुलाईको सुरुमा उनीहरुले आफ्नो कसुरबाट अवैध उन्मुक्तिका लागि प्रहरीलाई १०० रिंगेट घुस दिने प्रयास गरेका थिए।

सो अभियोगबारे म्याजिष्ट्रेट सीतारुन निसा अब्दुल अजिजले फैसला सुनाउँदै पक्राउ परेको मितिदेखि तीन महिना जेल हुने ठहर गरेकी हुन्। उनले दुवै जनालाई प्रतिव्यक्ति १० हजार रिंगेट जरिवाना पनि तोकेकी छिन्। यो दश हजार जरिवाना बुझाउन नसके उनीहरुले थप एक महिना जेलमा बिताउनु पर्ने हुन्छ। सुनुवाईमा दुवै जनालाई उपस्थित गराइएको थिएन।
जुलाई २ मा आधिकारिक लाइसेन्सबिनै मोटरसाइकल चलाइरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरुले बुक्ति टेन्गाहमा प्रहरीलाई घुस दिने प्रयास गरेकाे साे अनलाइनले उल्लेख गरेको छ।

 


(२०७४ श्रावण ५, बिहीबार) १२:३२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro