अब नागरिकहरुले आफ्ना गुनासा वा उजुरीहरु सोझै गृह मन्त्रालयमा राख्न पाउने नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा टोल फ्रि नम्बर १११२ व्यवस्था गरिएको जानकारी

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ असार २६, सोमबार) १०:४९

काठमाडौं । अब नागरिकहरुले आफ्ना गुनासा वा उजुरीहरु सोझै गृह मन्त्रालयमा राख्न पाउने भएका छन् ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा टोल फ्रि नम्बर १११२ व्यवस्था गरिएको जानकारी दिए । यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

टोल फ्रि नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री शर्माले जुम्लाका नागरिकको गुनासो सुनुवाई गर्दै तत्काल सम्बोधन गर्न स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

टोल फ्रि नम्बरबाट जुम्लाका नागरिकले स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनाएर कर्मचारी व्यवस्थापन गरेको लगायतका गुनासो गरेका थिए । सो गुनासो तत्काल सम्बोधन गर्न मन्त्री शर्माले स्थानीय प्रशासनलाई निर्देशन दिएका हुन्

प्राप्त उजुरी र गुनासोको सुनुवाई गरी तत्काल समस्या समाधान गर्ने मन्त्री शर्माले बताए । स्थानीय प्रशासनले नागरिकको गुनासो सुनुवाई गरे, नगरेको जानकारी लिने र बदमासी भए तत्काल कार्वाही गर्ने गरी मन्त्रालयमै टोल फ्रि नम्बरको व्यवस्था गर्नुपरेको उनको भनाइ छ ।


(२०७४ असार २६, सोमबार) १०:४९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना