मदन पुरस्कार ०७३ पुरस्कारको दाबी गर्ने ‘९ कृति श्रेष्ठ-सूची’ सार्वजनिक

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ असार २५, आईतवार) ०९:३९

काठमाडौं ।०७३ सालमा निस्किएका कृतिहरुमध्येबाट पुरस्कारको दाबी गर्ने उत्कृष्ट पुस्तकहरुको सूची मदन पुरस्कार गुठीले सार्वजनिक गरेको छ ।

पुरस्कारका निम्ति प्राप्त भएका १ सय ९५ पुस्तकहरुमध्येबाट श्रेष्ठ सूची छनोट गरिएको गुठीले जनाएको छ ।

गुठीका अनुसार, गठन गरिएको समितिको रोजाइमा नौ पुस्तक छनोट गरिएको र यिनैमध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई ०७३ सालको मदन पुरस्कार दिइनेछ ।

गत वर्ष ७ पुस्तकको श्रेष्ठ-सूची निकालेको गुठीले यसपाली नौ पुस्तकको नाम छनोट गरेको छ । विगत वर्षमा एकैचोटि विजेताको नाम सार्वजनिक गर्ने गरेको गुठीले ०७२ सालबाट श्रेष्ठ सूची सार्वजनिक गर्ने चलन सुरु गरेको हो ।

यसपाली श्रेष्ठ-सूचीमा परेका र मदन पुरस्कारको दौडमा रहेका नौ कृति यस प्रकार छन्:

१) गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा – पुरूषोत्तमलोचन श्रेष्ठ

२) छाउघर – राज सरगम

३) तपन – शरद पौडेल

४) दोहाको सीधा उडान – जय छाङ्छा

५) धृतराष्ट्र – घनश्याम कँडेल

६) प्रतिनायक – हरि अधिकारी

७) म स्त्री अर्थात् आइमाई – सीमा आभास

८) शुक्रराज शास्त्रीको चस्मा – राजेन्द्र पराजुली

९) सगरमाथाको गहिराइ – नवराज पराजुली

  • मदन पुरस्कार गुठीको विज्ञप्ति:


(२०७४ असार २५, आईतवार) ०९:३९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना