कोरिया पुगेका ३ प्रतिशत नेपाली कामदार गैरकानुनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ असार २१, बुधबार) ०३:२६

कोरिया पुगेको ४ वर्ष १० महिनाभन्दा बढी बस्ने गैरकानुनी बासिन्दा

रोजगार अनुमति प्रणाली (इपिएस)बाट कोरिया पुगेका नेपाली कामदारमध्ये करिब ३ प्रतिशत गैरकानुनी रूपमा बसिरहेको पाइएको छ । रोजगारीका लागि कोरिया पुगेका कामदार ४ वर्ष १० महिनापछि नियमित प्रक्रिया पूरा गरी स्वदेश फर्कनुपर्छ । करार अवधिभन्दा बढी समय कोरिया बसेका कामदारलाई त्यहाँको सरकारले अवैध घोषणा गर्छ ।

कोरिया सरकारको कानुनअनुसार अवैध घोषित हुने गरी अझै पनि करिब २ देखि ३ प्रतिशत रहेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जानकारी दिएको छ । ‘कोरियाले करिब २ देखि ३ प्रतिशत नेपाली कामदार गैरकानुनी रूपमा बसिरहेको जानकारी दिएको छ,’ शाखाका एक उच्च अधिकारीले भने, ‘तर, उनीहरूले कति संख्यामा यस्ता कामदार छन् भन्नेचाहिँ खुलाउँदैनन् ।’ इपिएस कोरिया शाखाका अनुसार सन् २०१६ को मध्यसम्म कोरियामा ३ दशमलव १ प्रतिशत कामदार गैरकानुनी रूपमा बसेका थिए । कोरिया सरकारले सन् २०१६ को डिसेम्बरसम्म गैरकानुनी रूपमा काम गरिरहेका कामदार स्वदेश फर्किएमा पुनः प्रक्रिया पूरा गरी जान पाउने सुविधा ल्याएको थियो । यस्तो सुविधा प्रयोग गरी फर्किएकामध्ये हालसम्म करिब ६० जना कामदार इपिएस कोरिया शाखाको सम्पर्कमा आएको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए ।

गैरकानुनी कामदार बढेमा रोजगारीको कोटा घट्ने जोखिम 
इपिएस कोरिया शाखाका अनुसार संख्यात्मक रूपमा कोरियामा गैरकानुनी रूपमा बस्ने नेपाली कामदार थोरै छन् । त्यसले गर्दा नेपालीलाई इमान्दार कामदारका रूपमा लिइन्छ ।

सोहीकारण हरेक वर्ष कामदार माग हुने कोटा पनि वृद्धि भइरहेको शाखाको भनाइ छ । तर, गैरकानुनी रूपमा कामदार बस्न थालेपछि भने कोरिया सरकारले रोजगारीको कोटा घटाउन सक्ने जोखिम रहन्छ ।

समयमा फर्किए पुनः जाने सुविधा
इपिएसअन्तर्गत कोरियामा कार्यरत कामदारले अधिकतम बस्न पाउने ४ वर्ष १० महिनाको अवधि सकिएपछि स्वदेश फर्कनुपर्छ । यसरी स्वदेश फर्किएका कामदारले तीन महिनाभित्रै सोही कम्पनीमा पुनः काम गर्न जान पाउने प्रावधान छ ।

साथै कानुनबमोजिम सर्त पालना गरी सम्झौता अवधिभित्रै कोरियाली विमानस्थलस्थित अध्यागमन कार्यालयमा एलियन रजिस्टे«सन कार्ड बुझाई फिर्ता भएका कामदारले सिबिटी (फर्किएका कामदारबीच मात्र हुने सीमित प्रतिस्पर्धात्मक परीक्षा)मा भाग लिई पुनः कोरिया जान सक्ने प्रावधान छ । सोहीकारण गैरकानुनी रूपमा कोरिया बस्नुको साटो प्रक्रिया पूरा गरी स्वदेश फिर्ता हुन नेपाल सरकारले कामदारलाई आग्रह गर्दै आएको छ ।

गैरकानुनी रूपमा बस्दा हुने बेफाइदा
-विभिन्न शोषणमा पर्न सक्ने जोखिम
– आपत्–विपत्मा उद्धार र राहतमा कठिनाइ
– नेपालको प्रतिष्ठामा आँच आउने
– रोजगारी अवसरका कोटा घट्ने जोखिम

सन् २०१२ सम्म कोरिया गएका कामदार फिर्ता 
इपिएस कोरिया शाखाका अनुसार नेपालबाट सन् २००८ बाट कामदार कोरिया जान थालेका हुन् । एकजना कामदार एक अवधिमा ४ वर्ष १० महिना बस्न पाउने प्रावधानअनुसार सन् २०१२ सम्म कोरिया गएका कामदार नेपाल फर्किसकेको हुनुपर्छ । त्यस अवधिमा पनि नेपाल नफर्किएका कामदार गैरकानुनी ठहर हुन्छन् ।

४७ हजार १ सय ८ जना कामदार
कोरियामा अहिले ४७ हजार १ सय ८ जना कामदार कानुनी रूपमा कार्यरत छन् । सन् २०१७ मा करिब २ हजार कामदार कोरिया जाने प्रक्रियामा छन् । सन् २०१८ देखि कोरिया जाने गरी अहिले कामदार छनोट प्रक्रियामा छन् । सन् २०१८ मा नेपालबाट कोरियाले १० हजार २ सय कामदार लैजाँदै छ ।

छुटेका परीक्षार्थीको पुनः परीक्षा असार २१–२९ सम्म आठौँ कोरियन भाषा परीक्षामा एसिएन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, खुमलटारमा केन्द्र परी परीक्षा दिन नपाएका परीक्षार्थीको पुनः परीक्षा असार २१ देखि २९ सम्म सञ्चालन हुने भएको छ । जेठ २७ र २८ मा सञ्चालित भाषा परीक्षामा यी परीक्षार्थी छुटेका थिए ।

छुटेका परीक्षार्थीले एचआरडी कोरिया इपिएस सेन्टर, ललितपुरमा पुगी कम्प्युटरमा आधारित परीक्षा प्रणालीबाट परीक्षा दिन सक्ने इपिएस कोरियाले जानकारी दिएको छ । छुटेका कामदारको परीक्षा नछुटोस् भनी उनीहरूको व्यक्तिगत सम्पर्क नम्बरमा निरन्तर सम्पर्क भइरहे पनि कतिपय परीक्षार्थीले आफूले भाषा सिकेको इन्स्टिच्युटको नम्बर राखेका कारण समस्या भइरहेको इपिएस कोरियाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए । ७ सय १० जना परीक्षार्थी यस परीक्षामा छुटेका थिए । भाषा परीक्षाको अन्तिम नतिजा ११ साउनमा प्रकाशित हुने भण्डारीले जानकारी दिए ।नया पत्रिकाले लेखेको छ।


(२०७४ असार २१, बुधबार) ०३:२६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro