सेल्फीको चक्करमा भारतमा दुई नेपालीले ज्यान गुमाए

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ असार १३, मंगलवार) ०७:३६

भारतको खड्डा कुशिनगर पनियहवा रेल पुलमा सेल्फी लिदै गर्दा सोमबार बिहान दुई नेपालीको ज्यान गएको छ ।

ज्यान गुमाउने नेपालीहरु नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ साबिक पक्लिहवा – ७ बेलवानी बस्ने अन्दाजी बर्ष २७ का शिवेन्द्र कुर्मी र बर्ष १८ का छिमेकी धन्नु कुर्मी रहेका छन ।

उनिहरुको भारतमा रहेको आफन्तको मृत्युमा मलामी आफ्नो बुवा संगै गएको बेला पनियहवा रेलको पुलमा दुई जना सेल्फी लिदै थिए कि अचानक पछाडिबाट गोरखपुर नरकटियागंज जादै गरेको पैसेन्जर रेल संख्या ५५०७२ नम्बरको रेलगाडीको चपेटामा परेका थिए र घटनास्थल मै दुबै जनाको मृत्यु भएको थियो ।

दुबै जनाको शव भारतीय प्रहरीले आफ्नो कब्जामा लिएर पडरौना पोस्टमार्टमका लागि पठाएको भारतीय संचार माध्यमले जनाएका छन् ।

मृतकको सनाखत उनिहरुको पर्स बाट भेटिएको वेस्टर्न युनिएनको कागजमा लेखिएको नेपालको ठेगाना र उनिहरुको मोबाइलमा रहेको दुई नेपाली सिमबाट भएको छ ।

मृतक गाउँका स्थानीय धर्मेन्द्र जयसवाले दिएका जानकारी अनुसार शिवेन्द्र कुर्मी एक स्थानीय विद्यालयका शिक्षक समेत हुन । मृतकको शव नेपाल ल्याउने प्रयास भइरहेको छ भने सिंगो गाउँ नै शोकाकुल मा डुबेको छ ।


(२०७४ असार १३, मंगलवार) ०७:३६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro