भोटका लागि झापामा काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो सार्वजनिक, हेर्नुस भिडियो

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ असार ११, आईतवार) १०:३३

झापा /भीडभाड मान्छे । टाउकोमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित टोपी । मानिसहरु ठेलमठेल गरिरहेका छन् । एकजना मानिस नाम लेख्न व्यस्त छन् । नाम लेखेपछि उनी फटाफट पैसा गन्छन्  र, बाँड्न थाल्छन् ।

यो भिडियो हो, झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगन्धुराको । नेपाली काँग्रेसका कार्यकर्ताले पैसामा भोट किनिरहेको दृश्य हो यो । शनिबार एकातिर काँग्रेसको आमसभा चलिरहेको थियो भने अर्कोतिर नजिकैको एउटा बन्द कोठामा मानिसहरुलाई पैसा बाँड्ने काम पनि भइरहेको थियो । भिडियोमा काँग्रेसका कार्यकर्ता धमाधम पैसा बाँडिरहेको प्रष्टै देखिन्छ ।

गौरादहको बैगुन्धुरामा काँग्रेस कार्यकर्ताले भोटका लागि विपन्न वर्गका जनतालाई पैसा बाँडेका हुन् । गौरादह वडा नम्बर ९ मा कांग्रेसबाट सिताराम भट्टराई उम्मेदवार छन् । गम्भीर कुरा के छ भने भिडियोमा नोट बाँड्ने व्यक्ति स्थानीय अमर माध्यमिक विद्यालयका सह प्रधानध्यापक हुन् ।दैनिक नेपालले लेखेको छ।


(२०७४ असार ११, आईतवार) १०:३३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना