साउदीमा ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपालीको मृत्यु

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ असार ७, बुधबार) ११:१०

साउदी अरबको जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको छ ।

साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । ई कान्तिपुरमा खबर छ।

नेपाली दूतावासका अनुसार वस्नेतको घटनास्थलमा र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको हो । दुवै जनालाई कम्पनीका ‘सेफ्टी अफिसर’ले बेहोस अवस्थामा फेला पारेका थिए ।

‘कम्पनीमा चुहिएको ग्याँसलाई नष्ट गर्दा सुरक्षित कोठामा बस्नुपर्थ्यो । त्यसो नगरी गाडी भित्रै एसी लगाएर सुत्नुभएछ,’ कम्पनीमा कार्यरत एक नेपालीले भने, ‘विपरीत दिशाबाट आएको हावा उहाँहरु सुतेकौ तिर आएछ । एसीले त्यही बिषाक्त हावा लिदा उहाँहरु बित्नुभयो ।’ दुवै जना उक्त कम्पनीमा चालक थिए ।

बिहानको तीन बजे सेफ्टी अफिसर फर्किदा दुवैलाई गाडी बाहिर बेहोस अवस्थामा फेला पारेका थिए ।

इदको बिदा परेकाले कम्पनीले नेपाली दूतावासलाई घटना विवरणबारे विस्तृतरुपमा जानकारी गराएको छैन् ।


(२०७४ असार ७, बुधबार) ११:१० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro