महिलाहरु माथी भएको बलात्कार बिरुद्ध कार्वाहीको माग गर्दै कास्की सौन्दर्यकर्मी सडकमा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ असार २, शुक्रबार) ०४:४१

पोखरा /महोत्तरी र अर्घाखाचीमा भएको महिलाहरु माथी भएको बलात्कार बिरुद्ध दोषीहरुलाई कडा कार्वाहीको माग गर्दै कास्की सौन्दर्यकर्मी महिलाहरु सडकमा उत्रि विरोध प्रर्दशन गरेको छ । महोत्तरी जिल्लाको औरी गाँउपालिकाकी एक युवतीको  बलात्कार र अर्घाखाचीमा सामुहिक बलात्कार पछि महिलाको ज्यान गएको विरुद्धमा सडकमा उत्रिएर विरोध प्रर्दशन गरेका हुन् ।

पोखरा सभागृहचोकबाट सुरु भएको विरोध प्रर्दशन पोखरा मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो । सौन्दर्य पेशामा आवद्ध २१ वर्षिय युवतीलाई जेष्ठ २८ गते साँझ ७ बजे ब्यवासाय संचालन पश्चात घर फर्कने क्रममा तीन जना युवाहरुबाट बलात्कारमा परेकी थिइन् भने बुधवार साँझ साढे ७ बजे गुल्मी खर्ज्याङबाट कपडा सिलाएर घर तर्फ फर्किने क्रममा बलात्कारको सिकार भएकी अर्घाखाँची छत्रदेवी गाउँपालिका १ की २१ वर्षिय महिलाको मृत्यु भएको थियो । विभिन्न नाराका प्लेकार्ड सहित सडकमा उत्रिएको सौन्दर्यकर्मीहरुले बलत्कारीलाई फासीको सजाए दिन माग गरेका थिए ।

सभालाई सम्बोधन गर्दै सौन्दर्य कला ब्यवसायी संघका सल्लाहकार चिनु गुरुङ्गले सौन्दय कर्मि सुरक्षित रुपमा आफ्नो पेशा व्यवसायमा लागेर काम गर्न पाउनु पर्ने, निर्धक्क साथ हिड्न पाउने अधिकारको ग्यारेन्टी गर्न र जघन्य अपराधमा संलग्नको छिटो पहिचान गरी कडा भन्दा कडा कार्वाहीको माग गरिन् ।

त्यसै गरि सौन्दर्य कर्मी युनियनका संस्थापक अध्यक्ष मिना गुरुङ्ग कुनै पनि राजनैतिक दबाबमा दोषिले उन्मुक्ति पाउने अवस्थामा आउने नहुने बताइन् । उनले घटनाबाट विक्षिप्त हुन पुगेकी युवतीको स्वास्थ्य परीक्षण र उपचारकालागि उचित क्षतिपूर्तिको व्यवस्थाको लागि सरकार सगँ समेत माग गरिन् ।


(२०७४ असार २, शुक्रबार) ०४:४१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro