फर्कन्छु अाफ्नै घर

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ असार १, बिहीबार) १०:०९

अामा नपठाउ अाज तिमिले, खाँदेर तामा पनि ।
व्यार्थैमा किन राख्नु गुन्द्रुक पनी, खाला नि छाेराे भनी ।।
खाने फुर्सद हुन्न याे नरकमा, के माेल यिन्काे छ र ?
के वस्नू परदेशमा सुकि सुकी, फर्कन्छु अाफ्नै घर ।।


… १ …
यन्त्रै माफिक काममा रगडिनू, यै दीन चर्या भयाे ।
हाँस्दै बाेलनु फाेनमा घरि घरी, यै भाग्य मेराे भयाे ।।
अर्काकाे भुमिमा वगाउनु कती, याे रक्तधारा तर ।
अाफ्नै खेत कमाउनु बरु निकाे,फर्कन्छु अाफ्नै घर ।।

… २ …

अाफ्ना चाड र पर्वका वखतमा, अाफन्त भन्दा पर ।
नेपाली हरु छन् कतातिर भनी, खाेजेर हिड्ने कर ।।
याे कस्ताे अपराध भाे जिवनमा, वीदेसिनू के छ र ?
माटामा सुन फल्छ त्याे मुलुकमा, फर्कन्छु अाफ्नै घर ।।

… ३ … 

पश्चीमी जलवायुकाे असरले, च्यापेर सन्तानमा ।
त्याे माया ममता सवै खतम भाे, क्वै छैन ठेगानमा ।।
अाफ्नाे धर्म भुले, गए लहसिंदै, विके सवै काफर ।
मेरै धर्म छ उच्च याे जगतमा, फर्कन्छु अाफ्नै घर ।।

… ४ … 

चिठ्ठा पर्नु, अमेरिका लहसिनू, के भाग्य मान्नु छ र ?
जुन् धर्ती पहिले कुचें उही भुलें, के गर्व गर्नु छ र ?
नेपाली भुतपूर्व भै किन वसूं? याे भासमा के छ र ?
भाेकै पेट सुते पनी निद मिठाे, फर्कन्छु अाफ्नै घर ।।

… ५ …

छन्द: शार्दूलविकृडित


(२०७४ असार १, बिहीबार) १०:०९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना