मेलम्ची खानोपानी खाल्डो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन मजदुरको मृत्यु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ जेष्ठ ३१, बुधबार) ०४:०३

काठमाडौं/  मेलम्चीको खानोपानी पाईप राख्न खाल्डो खन्ने क्रममा पुरिएर सितापाइला चोकमा तीन मजदुरको मृत्यु भएको छ ।

बुधबार बिहान पौने २ बजेर डिआई पाइप राख्ने खाल्डो खन्दै गरेका मजुदरहरुको ढिस्कोले पुरिएर ज्यान गएको काठमाडौं महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । मृतकहरुमा सप्तरीका १७ वर्षीय सन्तोष दास, १७ वर्षकै श्यामसुन्दर राम र पर्वतका ४७ वर्षीय प्रसाद केसी रहेका छन् ।

उनीहरुको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । घटनाबारे जाँचबुझ गर्न प्रहरीले पाइप बिछ्याउने कार्यको ठेक्का लिएका प्रद्युन्न मान चित्रकारलाई नियन्त्रणमा राखिएको छ ।


(२०७४ जेष्ठ ३१, बुधबार) ०४:०३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro