क्रान्तिकारी माओबादीको तमु्वान राज्य स्तरिय चुनावी समीक्षा सम्पन्न्ा अवसरवादको खतराबाट पार्टी को मुख्य पंक्तिलाई बचाउन सफलता प्राप्त भएको निस्कर्ष

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ जेष्ठ ३०, मंगलवार) १०:०१

नेकपा क्रान्तिकारी माओबादीको तमु्वान राज्य स्तरिय चुनावी समीक्षा सम्पन्न्ा भएको छ ।
र्निबाचनले सुधारवाद,संसदवाद र दक्षिणपन्थी अवसरवादको खतराबाट राज्य पार्टी को मुख्य पंक्तिलाई बचाउन सफलता प्राप्त भएको लगायतको निस्कर्ष निकालेको छ ।

दक्षिणपन्थी अवसरवादको राम्रो भण्डाफोर भएकोले संगठन निर्माणको लागि प्रयाप्त आधार निर्माण हुादै गएको छ , राज्य पार्टी कै पहलमा आम पार्टी पंक्तिलाई विचार निर्माणको क्षेत्रमा,संगठन निर्माणको क्षेत्रमा र आन्दोलनको आर्थिक कोष निर्माणको क्षेत्रमा ठोस र मुर्त योजना बनाइ योजनाबध्द ढंगले परिचालन गर्नुपर्ने परिस्थिति पैदा भएको बैठकको र्निणय रहेको राज्य सेक्रेटरी निक्ष्चलले जानकारी दिए ।

स्थानीय निर्वाचनमा पार्टी निति बिपरित क्रियाकलापमा संलग्न भइ समस्याग्रस्त भएका कार्यकर्ताहरुलाई पार्टी बिधान अनुसार शुद्धीकरणको बिधि प्रयोग गरि रूपान्तरणको नयाा र जटिल अवस्थामा पुर्याउनै पर्ने परिस्थितिको जन्म भएको बिषयमा पनि समीक्षा भएको जनाईएको छ ।

पार्टीप्रति अत्यन्तै ईमानदार रूपमा देखिंदै आएको तर बिचारको स्तर उकासिन नसकेको पंक्तिलाई छिट्टै पार्टी स्कुल संचालन गरि बैचारिक स्तर उकास्न ठोस योजनाको तय गरिएको छ जनाईएको छ । संबिधान बहिस्कार गरेको क्रान्तिकारी माओबादीले र्निर्बाचनलाई उपयोग गर्ने भन्दै स्थानिय तहको र्निबाचनमा सहभागिता जनाएको थियो ।


(२०७४ जेष्ठ ३०, मंगलवार) १०:०१ मा प्रकाशित

Exchange Rate

Nepali Patro