रोकिएन बलात्कारको घटना,२१ वर्षिय युवती सामुहिक बालात्कारको सिकार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ जेष्ठ २९, सोमबार) ०३:३९

बर्दिबास/  महोत्तरीको औरही गाउँपालिका-२ फूलबरीयामा आइतबार साँझ एक २१ बर्षीय युवतीलाई युवाको समूहले सामूहिक बलात्कार गरेको छ । औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती युवतीलाई पसल बन्द गरेर घर फर्किने क्रममा बाटो डुगेर बसेका युवाको समूहले युवतीलाई सामूहिक बालात्कार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेकटर शम्भु पोखरेलले बताउनुभयो ।

‘युवतीको राती उद्धार गरेर हामीले जनकपुर अञ्चल अस्पताल पठाएका छौं,’ इन्स्पेक्टर पोखरेलले भन्नुभयो,‘सामूहिक बालात्कार भएको देखिन्छ । मेडिकल चेकजाँच गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा युवतीलाई पठाएका छौं ।’

बर्दिबास : महोत्तरीको औरही गाउँपालिका—२ फूलबरीयामा अइतबार साँझ २१ बर्षीया युवतीलाई युवाहरुको समूहले सामुहिक बालात्कार गरेका छन् ।
औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती यूवतीलाई पसल बन्द गरेर आइतबार साँझ घर फर्किने क्रममा बाटो ढुकेर बसेका युवाहरुको समुहले सामुहिक बालात्कार गरेको इलाका प्रहरी कार्यालय गौशालाका निरीक्षक शम्भू पोखरेलले बताउनुभयो ।
‘युवतीलाई राती उद्धार गरेर हामीले जनकपुर अञ्चल अस्पताल पठाएका छौं,’ निरीक्षक पोखरेलले भन्नुभयो,‘सामुहिक बालात्कार भएको देखिन्छ । मेडिकल चेकजाँच गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा युवतीलाई पठाएका छौं ।’ बालात्कार गरेको आरोपमा गाउँलेहरुले एक जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

पक्राउ परेकालाई प्रहरीले चौकीमा ल्याएपछि उल्लेख्य संख्यामा स्थानीय र पीडित परिवार औरही प्रहरी चौकीमा पुगेका थिए । त्यस क्रममा प्रहरी र स्थानीय बीच झड्प भएको थियो । झड्पको क्रममा तीन प्रहरी स्थानीयको ढुंगामुढाबाट घाइतेपछि प्रहरीले फायर खोलेका थिए । अवस्था अनियन्त्रित भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर गरेको निरीक्षक पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘पक्राउ परेकालाई पहरीसंग खोसेर मार्न खोजे । हामीले थुत्न दिएनौं । त्यस क्रममा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरे । त्यसपछि पाँच राउण्ड थ्रिनट थ्रि को गोली हवाई फायर गर्नु प¥यो । चार जना प्रहरी घाइते भएका छन् ।’


(२०७४ जेष्ठ २९, सोमबार) ०३:३९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro