ISRO GSLV Mk 3 भारतले प्रक्षेपण गर्यो अहिलेसम्मकै ठूलो रकेट (भिडियो सहित)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ जेष्ठ २३, मंगलवार) ०६:११

भारतले आफ्नो अहिलेसम्मकै गह्रौँ रकेट सफलतापूर्वक अन्तरीक्षमा प्रक्षेपण गरेको छ । बंगालको खाडी क्षेत्रस्थित श्रीहरीकोटाबाट भारतले ६ सय ४० टन तौलको रकेट प्रक्षेपण गरेको हो ।

रकेटको सफलतापूर्वक परीक्षण भारतीय इतिहासमा महान दिन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।यो रकेटको प्रक्षेपणसँगै अब भारतीय अन्तरीक्षण अनुसन्धान संस्था इसरोलाई आफ्ना गह्रौँ उपग्रह पठाउनका लागि युरोपियन रकेटहरुको भर पर्नुपर्ने छैन ।

https://youtu.be/u-dWE3K3q7c

यो रकेटको तौल पाँचवटा जम्बो जेट तथा २ सय वटा हात्तीको तौल बराबर रहेको भनी कतिपयले तुलना गरेका छन् ।विश्वको व्यवसायिक स्टाटेलाइट प्रक्षेपण बजारमा आफ्नो हिस्सा बढाउने प्रयत्नमा रहेको भारतका लागि पछिल्लो प्रक्षेपण निकै महत्वपूर्ण रहेको बताइउको छ ।अन्तरीक्षमा गह्रौँ उपग्रहहरु प्रक्षेपण गर्दा भारत हालसम्म अन्य देशमा निर्भर रहनु परेको छ र यसले इसरोको ठूलो बजेट खर्च हुन्छ ।

जिएसएलभी मार्क तृतीय नामक यो रकेटले तिन टन सम्मको वजन बोकेर अन्तरीक्षयानहरु रहेको पृथ्वीको कक्षमा पुग्न सक्नेछ । पृथ्वीमा चालु रहेका टेलिभिजन, टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन मूलभुत रुपमा सोही कक्षमा रहेका स्याटेलाइटमा निर्भर छन् ।

भारतले प्रक्षेपण गरको रकेट उसका लागि सबैभन्दा गह्रौँ भएतापनि यसले विश्व किर्तिमान भने राख्न सकेन । सन् १९६७ देखि १९७३ को बीचमा नासाले प्रक्षेपण गरेको स्याट्रर्न भी अहिलेसम्मकै गह्रौँ रकेट हो । जसको तौल अहिलेको भारतीय रकेटको चार गुणा बढि थियो ।

भारतीय अन्तरीक्ष वैज्ञानिकहरुका अनुसार यो रकेटले सन् २०२४ सम्ममा अन्तरीक्षयात्रीलाई समेत अन्तरीक्ष सम्म पूराउनेछ ।रुस, अमेरिका र चीनपछि अन्तरीक्षमा मानव पठाउने भारत चौथो देश बन्न चाहन्छ ।

स्मरण रहोस् पछिल्लो समयमा अन्तरीक्ष विज्ञानमा भारतले एक पछि अर्को सफलता प्राप्त गरेको छ । यो वर्षको सुरुमा भारतले एकै मिसनमा १ सय स्याटेलाइट अन्तरीक्षमा पठाएको थियो । भारतको मंंगल ग्रह अभियानले पनि महत्वपूर्ण सफलता प्राप्त गर्दै आएको छ ।

भारतले पछिल्लोपटक प्रक्षेपण गरेको रकेटको उचाई ४३ मिटर रहेको बताइउको छ ।
बीबीसी


(२०७४ जेष्ठ २३, मंगलवार) ०६:११ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro