पहिलो फिल्मको कमाई -कोही खाली हात , कोहीले पाए पाँच लाख

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ असार ११, शनिबार) ११:५५

शुक्रबार रिलिज भएको फिल्म लुकामारी अभिनेत्री सुरवीना कार्कीको पाँचौ फिल्म हो । उनको पहिलो फिल्म थियो झेली । मोडलिङ हुँदै अभिनयमा छिरेकी उनले पहिलो फिल्ममा काम गरेबापत ३० हजार पारिश्रमिक पाएकी थिईन् । उनले पहिलो फिल्ममा काम गरेर पाएको पारिश्रमिक लुगा किनेर सकाएको बताईन् । सुुरवीनासँगै आज हामी अन्य केहि सेलिब्रेटीको पहिलो फिल्मको पारिश्रमिकका बारेमा चर्चा गर्दैछौ ।

केकी अधिकारीkeki adhikari 1 –मोडलिङमा सफलता पाएपछि सिनेमामा काम गर्ने मौका पाएकी केकी अहिले सिनेमा उद्योगकी सफल अभिनेत्रीका रुपमा गनिन्छीन् । उनको डेब्यु फिल्म थियो स्वर । स्वरमार्फत सिनेमामा ब्रेक लिएकी उनका आजसम्म १३ फिल्म रिलिज भए । जसमध्ये केहि सफल रहे त केही असफल । फिल्ममा काम गर्दा पारिश्रमिक भन्दा पनि कथा हेर्ने केकीले पहिलो फिल्ममा काम गरेबापत ७० हजार पारिश्रमिक पाएकी थिईन् । यो पारिश्रमिकले उनी सन्तुष्ट भएको बताउँछिन् ।

nita dhungana 1निता ढुङगाना – बाल्यकाल देखी नै अभिनयका सक्रीय रहेकी निता ढुङगानाका पनि दर्जनौ फिल्महरु रिलिज भईसकेका छन् । जसमध्ये उनका केहि फिल्महरु त सूपरहिट नै भएका छन् । निता ढुङगानाले पहिलो फिल्म खेलेर ५० हजार पाएकी थिईन् । उनले फिल्म किसानबाट सिने उद्योगमा ब्रेक लिएकी थिईन् । ५० हजार राम्रै भएको भन्दै निताले आफूलाई भाग्यमानी ठानेको पनि बताईन् । उनले यो पैसा मध्य आधा पैसाले कोठा सजाईन् भने आधा पैसा आमालाई पठाएकी थिईन् ।

दयाह्याङ राई

दयाह्याङ राई – सबैका प्रिय बनेका अभिनेता दयाह्याङ राईले एक पछि अर्को सफल फिल्म दिईरहेका छन् । अहिले महंगा अभिनेतामा गनिने उनी पहिलो फिल्ममा १० हजार पारिश्रमिकमै खुसी थिए । उनले पहिलो फिल्म अनागरिकमा काम गरेर १० हजार पारिश्रमिक पाएका थिए । त्यो उनको जीवनको पहिलो कमाई पनि थियो । उनको यो कमाई भने साथीहरुलाई चीया खुवाउनमै ठिक्क भएको उनी बताउँछन् ।

आर्यन सिग्देलआर्यन सिग्देल – आर्यन सिग्देल अनमोल केसी पछि नेपाली सिने उद्योगका महंगा अभिनेता हुन् । अहिले महंगा अभिनेता बनेका आर्यन पहिलो फिल्ममा काम गर्दा खाली हातमै रमाएका थिए । किस्मतबाट सिने उद्योगमा ब्रेक लिएका उनले पहिलो फिल्ममा बिना पारिश्रमिक नै काम गरेका थिए ।

जीवन लुईटेल –अभिनेता जीवन लुईटेलले पनि पहिलो फिल्ममा काम गरेर पारिश्रमिक पाएनन् । किन की त्यसबखत उनी पैसालाई भन्दा करियरलाई अघि बढाउने सुरमा थिए ।

 

सृष्टी श्रेष्ठ – गाजलु मार्फत नेपाली सिनेमा उद्योगमा ब्रेक लिएकी सृष्टी सुरु देखी नै महंगी अभिनेत्रीका रुपमा चिनीएकी छिन् । उनले पहिलो फिल्म गाजलुमा ५ लाख पारिश्रमिक पाएकी थिईन् ।

शिल्पा पोख्रेल – टेलिसियरल हुँदै मोडलिङ र मोडलिङमा पाएको सफलता पछि फिल्ममा छिरेकी शिल्पाको पहिलो फिल्म थियो लज्जा । शिल्पाले पहिलो फिल्म लज्जामा काम गरेबापत पाएको पारिश्रमिक कति थियो भन्न नमिल्ने र जति भएपनि आफूलाई चित्त बुझ्दो भएको बताईन् ।


(२०७३ असार ११, शनिबार) ११:५५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro