गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ जेष्ठ १९, शुक्रबार) ०२:५९

गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ। गजमेरको भारतको मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो।

उनलाई कलेजोमा समस्या थियो। गजमेरले नेपाली फिल्मका लागि गीत लेखेकी थिइन्। उनले लेखेका गीतहरू ‘वीरताको चिनो वीरको सन्तान’, ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ’, ‘रेली खोला बगर’, ‘मोहनी लाग्ला है, गाउँलेको बोलीले’, ‘पिरती आफैँ हुँदो रै’छ’, ‘कसरी भनुँ म मनको कुरा यो’, ‘भनिदेऊ आज के छ मनमा’, ‘गहिरो गहिरो सागर जस्तै’, ‘किन बढ्दै छ ढुकढुकी मुटुको’, ‘दुई पाते सुइरो’लगायत दर्जनौँ गीत चर्चित छन्। उनले नेपाली फिल्महरू ‘बाँसुरी’, ‘लाहुरे’, ‘देउता’, ‘पिरती’, ‘सम्झना’, ‘चिनो’, ‘दुई थोपा आँसु’का लागि गीत लेखेकी थिइन्।

कुसुम गजमेर भारतको दार्जिलिङमा वि. सं. २००२ मा जन्मिएकी थिइन्। उनका पति संगीतकार रञ्जित गजमेर हुन्। उनका दुई छोरी र एक छोरा छन्। एक छोरी भारती गजमेर नायिका हुन् भने ज्वाईं तुलसी घिमिरे स्थापित नेपाली चलचित्र निर्देशक हुन्।


(२०७४ जेष्ठ १९, शुक्रबार) ०२:५९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना