६ बर्षीया बालिका बलात्कार गर्न खोज्ने एमाले अखिलका नेता लाई स्थानियले समाते

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ जेष्ठ १६, मंगलवार) ०९:०४

काठमाडौं, जेठ १६ – बालिकामाथि यौन दुव्र्यवहार गर्न खोज्ने एक जनालाई स्थानीयले समातेर प्रहरी समक्ष बुझाएका छन् ।

कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–२ स्थायी घर भएका अशोक पौडेललाई ६ बर्षीया बालिकामाथि यौन दुब्र्यवहार गरेको आरोपमा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

सोमबार राती करिब ११ बजे माछापुच्छ्रे गाउँपालिका–२ घलेखर्ककी बालिकालाई बलात्कार गर्न लागेको देखेपछि स्थानियले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

‘पौडेलले बलात्कार प्रयत्न (रेप अटेम्ट) गरेको प्ररम्भिक अनुसन्धानका क्रममा खुलेको छ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (एसपी) घनश्याम अर्यालले भने, ‘जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गर्छौं ।’

पौडेल पृथ्वीनारायण क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीका पूर्व अध्यक्ष समेत हुन् ।


(२०७४ जेष्ठ १६, मंगलवार) ०९:०४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro