२१औं शताब्दीको साहसी गौतम बुद्ध हु म ।

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ बैशाख २७, बुधबार) ०४:४०

मुलुक मादकी माहोलले मत्तासुर छ

घर, घातीहरुको कुल्चाइले क्रोधित छ
वस्ती, बहुलाहहरुको बर्बराहटले बेचैन छन समाज शान्त छ,न मन
किनकि दलाल अन्गुलीमालहरु छाडा छोडिएकाछन
मगन्ते वस्त्रमा !माफिया महाजन बनेर
अत्याचारी अनुशिल देखिएर
पोहोरका पन्चे भान्छे भएकाछ्न
फोहोरी गन्धे माननिय रहेकाछ्न

भेष बदलिएर स्वार्थ बेचिरहेछ्न सामन्तहरु सहिद वस्तीतिर
त्यसैले म गौतम बुद्ध ,गम्न सकिन बोधी बृक्ष अंगालेर ।

अमर सन्तानको सपना साचेकी बिधवा आमा
वेपत्ता विपिनहरुको ब्यग्रतामा बाचिरहेको समाज
मानो मागीरहेको कर्णाली
छानो खोजिरहेको रोल्पाली
मान्यता माग गरेको मधेश
हितैसी खोजेको हिमालको कुरा नसुनेर
सुस्ताउन सकिन म सिदार्थ गौतम ।

बहिनी बेचिएको बिरोध छ मेरो
भाइ भरिया भएको निचोड छ उनको
अरवमा आफन्त डढीरहेकाछन भन्छु म
माटोमा दलाल बढिरहेका सुनाउछ्न उनि
त्यसैले बम बनाउन सिकिरहेकोछु म शाक्यमुनी एकीकृत चौतारीमा बसेर।

वदलिएको वातावरण विसात्त पार्न
अगुवाको आची बोकेर
सिंहादवारी सुगुरहरु बस्ती बिगार्दैछ्न
लिदैछन मुलुक बुझाउने परिक्षा जनता जपेर
आज कृपामा बाचेकाहरुको षड्यन्त्रको साङ्लो खोज्दैछु म
अन्तिम संघर्ष सोच्दैछु म
त्यसैले,
एकाग्रता पद्मासन प्रीय हुन छोडेको छ
मन छ मलामी बन्न दलाली सासनको
हो त्यसैले ब्युझेर विप्लव संगै बारुद पिसिरहेको हुनेछु बोधी बृक्षको बाहुलीमा किनकी २१औं शताब्दीको साहसी गौतम बुद्ध हु म ।


(२०७४ बैशाख २७, बुधबार) ०४:४० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना