‘सेनाको जीपमा बाँधिएको कश्मिरी युवा’को भिडियोले हंगामा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ बैशाख १, शुक्रबार) ११:०२

सेनाको जीपको अगाडि कश्मिरी युवालाई बाधिएको एउटा भिडियो निकै भाइरल भएको छ । ढुंगा नहानोस् भनेर सेनाले आफ्नो गुडिरहेको जीपको अगाडिको भागमा एक युवकलाई बाँधेको थियो । यो भिडियो ट्वीट गर्दै जम्मु कश्मिरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले भनेका छन्, म कश्मिरमा सीआईपीएफको जवानमाथि भएको हातपातको डिभियाले उत्पन्न आक्रोसलाई बुझ्न सक्छु । तर, आर्मीको जीपमा बाँधिएका कश्मिरी जवान देखेर मानिसहरुले त्यति नै आक्रोस किन आएन, यसले चिन्तित छु ।’

सेनाले यो भिडियोबारे छानविन भइरहेको बताएको छ । सामाजिक सञ्जालमा भने भारतीय सीआईपीएफको जवानमाथि भएको हातपातको भाइरल भिडियोको जवाफका रुपमा हेरिएको छ । यो भिडियोमा सुन्न सकिन्छ कि ढुंगा हान्नेहरुको यहि हाल हुनेछ ।’


(२०७४ बैशाख १, शुक्रबार) ११:०२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना