पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा मोहन घले निर्वाचित

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ चैत्र २८, सोमबार) १२:२६

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा मोहन घले निर्वाचित भएकाछन् ।  शाखाको सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट घले २५ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।अध्यक्षका प्रत्यासी निर्वतमान उपाध्यक्ष बेलुकाजी थापाले १७ मत प्राप्त गरे । जापान शाखामा आबद्ध कुल ४६ पत्रकार मध्ये ४२ मत खसेको निर्वाचन समितिका संयोजक भुषण घिमिरेले जानकारी दिए ।

त्यसैगरी, निर्वाचनबाट उपाध्यक्षमा बिनोदकुमार सापकोटा र पूर्ण चलाउने निर्वाचित भएकाछन् ।  सचिवमा ऋतुकुमार दुरा, सहसचिवमा कुमार मोक्तान, कोषाध्यक्षमा राजबिन थापा र महिला सदस्यमा संगीता कुँवर निर्विरोध निर्वाचित भएकाछन् ।

६ जना सदस्यका लागि भएको निर्वाचनबाट मुक्ति सूबेदी, रमेश श्रीस मगर, निशान मगर, आनन्द कोईराला, शान्तकुमार पहरी र रबिन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।अध्यक्षमा निर्वाचित भएपश्चात घलेले सबै पत्रकारहरुको सुझाव लिएर शाखालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकाछन् ।

अधिवेशनको नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले उद्घाटन गरेका थिए ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले पत्रकारको हकहितको रक्षा गर्नु पत्रकार महासंघको प्रमुख एजेण्डा भएको बताए ।उनले बैदेशिक शाखाहरुले नेपाली समाजलाई योगदान गर्ने गरी कलम चलाउनुपर्ने बताए ।  अधिवेशनको अवसरमा अध्यक्ष विष्टले प्रवासमा नेपाली पत्रकारिता बारे प्रशिक्षण पनि दिएका थिए ।


(२०७३ चैत्र २८, सोमबार) १२:२६ मा प्रकाशित

Exchange Rate

Nepali Patro