१००० सिक्का खाने ‘पिग्गी ब्याङ’को मृत्यु

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ चैत्र ८, मंगलवार) २३:४०

थाइल्यान्डमा सिक्का खाने कछुवाको मृत्यु भएको खबरले चर्चा पाएको छ । पेटको अप्रेसन गरी करिब १००० सिक्का निकालिएको कछुवाको मृत्यु ब्लड पोइजनिङका कारण मंगलबार भएको छ । उक्त कछुवाको दुई साताअघि सफलतापूर्वाक अप्रेसन गरिएको थियो । आजको कान्तिपुरले खबर छापेको छ । आइतबार स्वासप्रस्वासमा समस्या देखिएपछि उक्त कछुवाको दोस्रोपटक अप्रेसन गरिएको थियो ।

थाइल्यान्डको एक प्रान्तमा रहेको सार्वजनिक पोखरीमा घुम्न जानेहरुले आफ्नो ‘गुड लक’को रुपमा सिक्का फाल्ने गर्दथे । ‘पिग्गी ब्याङ’को नामले चिनिने उक्त कछुवाको पेटबाट निकालिएका सिक्काहरुको तौल पाँच किलोग्राम थियो ।


(२०७३ चैत्र ८, मंगलवार) २३:४० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना