एमाले अध्यक्ष ओलीद्वारा प्रम प्रचण्डको प्रस्ताव अस्वीकार

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ चैत्र १, मंगलवार) ०१:२७

नयाँ राजनीतिक परिस्थितिको विकास भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा सकारात्मक बन्न गरेको अाग्रहलार्इ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुन: अस्वीकार गरेका छन्। राप्रपा अध्यक्ष कमल थापालार्इ सरकारमा सहभागी गराइसकिएको र फोरम लोकतान्त्रिकलार्इ पनि सरकारमा सहभागी गराएर स‌ंविधान संशोधनमा दुर्इ तिहाइ बहुमत जुटाउने प्रयासमा रहेका प्रधानमन्त्री प्रचण्डले अोलीलार्इ सोमबार साँझ अाफ्नै निवासमा बोलाएर छलफल गरेका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द अाचार्यले भने,’संविधान संशोधन गरेर जाउँ भनेर प्रधानमन्त्रीले जोड दिनु भयो। एमाले अध्यक्ष अोलीले पुरानै अडान दोहोर्‍याउनु भयो।’ एमाले सं‌विधान संशोधनको विपक्षमा उभिदै अाएको छ।

दुई नेताबीच बैठकमा स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा पनि छलफल भएको अाचार्यले बताए।

एमाले अध्यक्ष ओली मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत कपिलबस्तुको जितपुरमा आयोजित सभालाई सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेपनि विशेष कामका लागि भन्दै अाइतबार साँझ काठमाडौं फर्किएका थिए।


(२०७३ चैत्र १, मंगलवार) ०१:२७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना