अपडेट : सप्तरीमा मृतकको संख्या ७ पुग्यो(हेर्नुस भिडन्तको भिडियो)

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ फाल्गुन २४, मंगलवार) ०१:०१

एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा प्रहरीको गोली लागी अहिलेसम्म मर्नेको संख्या सात पुगेको छ । प्रहरीको गोली लागेर अहिलेसम्म सात मोर्चाका  जना कार्यकर्ताको मृत्यु भएको मोर्चाका एक स्थानीय नेताले  जानकारी दिए ।

मधेशमा भइरहेको हत्या, हिंसाको विरोधमा मधेशी मोर्चाले दुईदिने मधेश बन्दको घोषणा गरेको छ । मधेशी युवाहरुले मधेशी मोर्चाले संसद्बाट सामूहिक राजीनामा दिनुपर्ने मागसमेत गर्न थालेका छन् ।

यसैबीच, एमालेका प्रचार विभागका सचिव विष्णु रिजालले तीन दिनका लागि पार्टीको मेची महाकाली अभियानको कार्यक्रम पनि स्थगित गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । एमाले नेता शंकर पोखरेलले आजको घटनाप्रति दुःख व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले एमाले स्थायी कमिटीको आकस्मिक बैठकले षड्यन्त्र भएको निश्कर्ष निकालेको पनि बताए ।

झडपको क्रममा प्रहरीले आफ्नो तर्फ २० जना घाइते भएको बताएको छ ।

ज्यान गुमाएकाहरु :
सञ्जन मेहता
दीगम्बर यादव
पीताम्बर मण्डल
आनन्द साह
अजय साह
अवधेश ठाकुर
सञ्जय मेहता


(२०७३ फाल्गुन २४, मंगलवार) ०१:०१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro