इजरायलले माग्यो थप नेपाली कामदार, आवेदन खुला

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ फाल्गुन २२, आईतवार) ०७:२९

इजरायलले फेरि थप ६० जना नेपाली कामदार लैजाने भएको छ । पहिलो चरणमा ५९ जना केयर गिभर लगेको इजरायलले लामो समयको अन्यौलतापछि दोस्रो चरणमा कामदार लैजान लागेको हो । ५१ महिनाको श्रम सम्झौतामा इजरायल जान इच्छुकसँग वैदेशिक रोजगार विभागले आवेदन मागेको छ । आगामी चैत ९ गतेसम्म आवेदन गर्नेमध्ये ६० जना इजरायल जान पाउनेछन् ।

पहिलो चरणमा छानिनेको भाषा परीक्षा पनि हुनेछ । योग्यता पुगेका इच्छुकले वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर शाखामा इच्छुकले आवेदन गर्न सक्नेछन् ।

शारिरिकरुपमा पनि स्वस्थ केयर गिभरको अन्तिम छनोट भने वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीएले गर्ने विभागले जनाएको छ । छनोट भएका आवेदकले इजरायल पुगेपछि वृद्ध, अपाङ्ग तथा अशक्तको स्याहार सुसार गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तौल कम्तिमा ४५ केजी भएका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका, उचाइ कम्तिमा ५ फिट भएका, र कम्तिमा एसएलसी पास भएकाले इजरायली भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट मान्यताप्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको केयर गिभर तालीम वा प्राक्टिकल नर्सिङ सफलतापूर्वक पूरा गरेको प्रमाणपत्र पनि आवश्यक पर्नेछ ।

यसअघि इजरायल पुगेकाले यसका लागि आवेदन दिन पाउने छैनन् । आवेदकले इण्टरमिडियट लेभलको अङ्ग्रेजी भाषाको ज्ञान गरेको हुनुपर्ने र पूर्णरूपमा स्वस्थ भएको हुनुपर्ने विभागले निकालेको सूचनामा उल्लेख छ ।

आवेदकले निवेदन दिँदा प्रहरी प्रतिवेदन, नागरिकता तथा राहदानीको फोटोकपी, २ पिपी साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, तालीमका प्रमाणपत्र पेश गर्नुपर्नेछ । इजरायल जाँदा कल्याणकारी कोष, बीमा, स्वास्थ्य परीक्षण तथा हवाई टिकटको सबै खर्च कामदारले नै बेहोर्नुपर्ने छ ।


(२०७३ फाल्गुन २२, आईतवार) ०७:२९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro