विदेशी ज्वाइँलाई मासिक ५ लाख तलब दिने सरकारी योजना !

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन २०, शुक्रबार) २३:४३

हालैका दिनहरुमा युरोपेली मुलुक आइसल्याण्डको खबर निकै भाइरल बनिरहेको छ । जस अनुसार आइसल्याण्ड सरकारले त्यहाँका युवतीहरुसँग बिहे गर्ने विदेशी पुुरुषहरुलाई हरेक महिना ५ हजार डलर तलब दिनेछ । देशमा पुरुषको जनसंख्या घटिरहेका कारण समस्या उत्पन्न भएसँगै सरकारले पुरुष जनसंख्या बढाउन यसरी विदेशी तन्नेरीहरुलाई तलब नै दिएर ज्वाइँ बनाएर देशमा भित्राउने योजना बनाएको दाबी गरिएको छ ।

समाचार पढिरहँदा कुतकुती जाग्यो होला हैन ? कतै तालुमा आलु पो फलिहाल्छ की भन्ने सोँच्नुुभएको होला । तर धैर्य गर्नुस्,  यो हावादारी हो ।

 

वास्तवमा यस विषयमा कुनै व्यक्तिले द स्पिरिट हि्वस्पर्स नामक ब्लगमा एउटा फेक समाचार लेख्यो । त्यसपछि कैयन् समाचार साइटहरुले यो खबरालई साँच्चीकै खबर ठानेर समाचार बनाए । यतिमात्र कहाँ हो र ?

खबर भाइरल बनेसँगै आइसल्याण्डका कैयन् युवतीहरुले विदेशी अपरिचित युवकहरुलाई फेसबुकमा फ्रेन्ड  रिक्वेस्ट पठाउन थाले । मानिसहरुलाई लाग्न थाल्यो कि सरकारले साँच्चीकै यस्तो घोषणा गरेछ ।

खबर भुसको आगो झैँ फैलिएपछि सरकार पनि चुप लागेर बसिरहन सकेन । अन्ततः सरकारले विदेशी ज्वाइँलाई तलब दिने विषयमा कुनै घोषणा नगरेको स्पष्टिकरण दिएको छ । साथै अन्य देशका पुुरुषहरुलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउने युुवतीहरुलाई कारवाही पनि गरियो ।

स्मरण रहोस्- आइसल्याण्ड विश्वको सबैभन्दा उत्कृष्ट पर्यटन गन्तव्य मध्ये एक हो । यो चिसो देशका ब्लू लगून, गुलफोस,गोल्डेन सर्कल जस्ता कैयन् पर्यटकीय केन्द्र रहेका छन् । यहाँका युवतीहरु पनि सुन्दरतामा निकै धनी मानिन्छन् । एजेन्सी


(२०७३ फाल्गुन २०, शुक्रबार) २३:४३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना