जहाँ बाबुले छोरीसँगै गर्छन् बिहेबारी र सहवास

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ फाल्गुन १६, सोमबार) २२:५७

हामीकहाँ बाबुछोरीको नाता सबैभन्दा पवित्र मानिन्छ । तर बंगलादेशमा एउटा यस्तो आदिवासी समुदाय छ जहाँ बाबुले आफ्नै छोरीसँग शारीरिक सम्बन्ध राख्न पाउँछन् अनि बाबुुछोरीको सहवासमा आमाको पनि सहमती र स्विकृति रहन्छ ।

हामीकहाँ ठूलो पाप मानिने यस्तो परम्परा बंगलादेशको मन्डी नामक आदिवासी जनजाति समुदायमा प्रचलनमा छ ।

यो समुदायमा पुरुषहरुले छोरी जन्मिएसँगै आफ्नै छोरीसँग बिहे गर्ने सपना देख्छन् । अनि छोरीको उमेर पुुगेसँगै इच्छा जागेमा आफ्नै छोरीसँग सहवास र बिहे गर्दछन् ।

सदियौंदेखि यो परम्परा चलिआएको छ त्यहाँ । उक्त जनजाति समुदायएकी एक महिला ओरोलाका अनुसार उनी सानैँ छँदा उनका बुवाको मृत्यु भयो । त्यसपछि आमाले अर्कै पुरुषसँग बिहे गरिन् । त्यसयता उनले सौतेलो बाउलाई नै आफ्नो लोग्नेको रुपमा हेर्न बाध्य भइन् ।

प्रचलन अनुसार उक्त समुदायमा यदि कुनैपनि महिलाको पतिको कम उमेरमा मृत्युभएमा ती महिलाले आफ्नो लोग्नेको परिवारका कुनै पुरुष सदस्यसँग दोश्रो बिहे गर्नुपर्दछ ।


(२०७३ फाल्गुन १६, सोमबार) २२:५७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना