यी युवाले फेसबुकमा के लेखे, जसले डेटिङका लागि तयार भए २ हजार युवती

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन १४, शनिबार) ०९:०५

छिमेकी भारतको गुजग्रामस्थित एक शकुल गुप्ता नामको युवाले फेसबुकमा यस्तो स्टाटस लेखे, जसको कारण हजारौं युवती उनीसँग डेटिङका लागि राजी भए ।

उनी गर्लफ्रेन्डविहिन युवा रहेछन् , तर, धनाड्य । उनले फेसबुकमा डेटिङ गर्न चाहने युवतीको निम्ति अफर दिए, ‘यदि मसँग कोहि डेट गर्न चाहन्छन् भने फाइभ स्टार होटलमा डिनर गराउनेछु ।’ यतिले मात्र युवती लोभिने कुरै भएन ।

 

डिनरसँगै एक महंगो मोवाइल उपहार दिने, लक्जरी कारमा लङ ड्राइभमा लाने अफर पनि दिए । नतिजा के भयो भने, उनीसँग एक वा दुई जना होइन, हजारौं युवती डेटिङ गर्न लालयित भए । अब परेन फसद !

आखिरमा उनले जुक्ति फुराए, ति युवतीमध्येबाट छनौट गरेर डेटिङ गर्ने । उनको छनौटमा ५ जना सुन्दर युवती परे । शकुलले ति सबै युवतीलाई ओबेराय होटलमा लगेर डिनर गराए, आइफोन ७ मोवाइल दिए र भोल्सवागनको लक्जरी कार औडी ए-४ मा लङ ड्राइभको स्वाद चखाए ।


(२०७३ फाल्गुन १४, शनिबार) ०९:०५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना