धर्तीको आकारका सात नयाँ ग्रह भेटिए: जीवनको सम्भावना, वैज्ञानिकहरु उत्साहित

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन १२, बिहीबार) २२:०७

अमेरिकी स्पेस एजेन्सीका वैज्ञानिकले एक ताराको वरिपरि धर्तीको आकारका सात ग्रहबारे पत्ता लगाएको छ जुन आफैंमा एक रेकर्ड हो । वैज्ञानिकका अनुसार यी सबै सात ग्रहको सतहमा, यिनका अन्य विशेषताहरुको आधारमा, पानी पाइने पूरा सम्भावना छ ।

यीमध्ये तीन ग्रहमा जीवनको सम्भावना रहेको र यो ग्रह ‘बस्न लायक’ भएको वैज्ञानिकको दाबी रहेको छ ।

यी सातै ग्रह ट्«याप्पिस्ट–१ नामको तारो वरिपरि फैलिएका छन् । यो तारा धर्तीभन्दा ४० प्रकाश वर्ष टाढा छ । यो आकारमा सानो र चिसो तारा हो ।

नेचर पत्रिकामा बताए अनुसार नासाको स्पिट्जर स्पेश दूरबिन र सतहबाट जोडिएका केही खगोल केन्द्रको मद्दतले यी ग्रहको खोजी गरिएको हो ।

बेल्जियम युनिभर्सिटी अफ लेजका चर्चित माइकल गिल्लन भन्छन्, ‘यी सबै ग्रह एकअर्काको नजिक छन् । साथै, यी सातै ग्रह आफ्ना ताराभन्दा निकै नजिकको स्थितीमा छन् । यसको स्थिती वृहस्पतीको नजिक रहेको चन्द्रमाहरुसँग निकै मिल्दोजुल्दो छ ।’

ट्र्याप्पि–१ का तीन ग्रह परिभाषका अनुसार पारम्परिक आवसीय क्षेत्रमा छ । यहाँको सतहमा पर्याप्त वायुमण्डलीय दबाबका कारण पानी हुनसक्छ ।

बीबीसीका विज्ञान सम्पादक डेभिड शुकम्यानका अनुसार यो नयाँ खोजको बारेमा वैज्ञानिक नयाँ पत्ता लागेका यी ग्रहहरु धर्तीको आकारको मात्र नभई ट्र्याप्पिस्ट–१ निकै छोटो र धमिलो तारा भएका कारण उनीहरु उत्साहित छन् । यसका कारण दूरबिनमार्फत ग्रहको अध्ययन गर्ने बेला यी ग्रहहरु खोज्न सजिलो भयो किनभने यो अरु ताराभन्दा कम चम्किलो थियो ।

यसले अब निकै टाढा अवस्थित संसार र त्यसको वायुमण्डल बारे अनुसन्धान गर्ने नयाँ अवसर पैदा भएको छ ।

अनुसन्धानको दोस्रो चरण सुरु भइसकेको छ । यसमा वैज्ञानिकहरु अक्जिन र मिथेनजस्ता महत्वपूर्ण ग्यासको खोजी गरिरहेका छन् ।


(२०७३ फाल्गुन १२, बिहीबार) २२:०७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro