नयाँ ट्रम्प नीति सार्वजनिक: कागजविहीन नेपाली प्रभावित, देशनिकाला गर्न १० हजार ‘फोर्स’

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ फाल्गुन १२, बिहीबार) ००:४९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नयाँ नीति सार्वजनिक भएको छ । नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पहिल्लो केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा झन्डै एक करोड २० लाख भन्दा बढी आप्रवासी अवैधानिक रुपमा बसोबास गर्दै आइरहेका बताइन्छ । आजको कान्तिपुरमा खबर छ ।

नीतिअनुसार संघीय सरकारले कागजविहीन आप्रवासीलाई पक्राउ गर्ने र देशनिकाला गर्ने अभियान द्रुत रुपमा बढाउनेछ । र त्यसका लागि १० हजार ‘फोर्स’ थपिने छ । अपराधमा संलग्न भएकाहरुलाई प्राथमिकता सूचीमा राखिएपनि ट्रम्प प्रसाशनको आक्रामक नीतिले अवैधानिक रुपमा रहेको जो कोहीलाई खतरा रहेको आप्रवासी कानुनका जानकारहरु बताउँछन् ।

यो नीतिले अमेरिकामा बिनाभिसा रहँदै आएका नेपालीहरु पनि प्रभावित हुनेछन् । हवाई, जल र स्थलमार्ग हुँदै अवैध रुपमा अमेरिका छिरेकाहरु यसबाट सबभन्दा बढी प्रभावित हुनेछन् ।


(२०७३ फाल्गुन १२, बिहीबार) ००:४९ मा प्रकाशित

Exchange Rate

Nepali Patro