‘पेनड्राइभ’ले खोल्यो कांग्रेसको पोल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन ११, बुधबार) ०९:१८

विश्वविद्यालयका पदाधिकारीहरु कुनै पनि बैचारिक संगठनको सदस्य बन्न नपाउने कानुनी व्यवस्था छ । तरयो कानुनी व्यवस्था विपरीत विभिन्न विश्वविद्यालयका पदाधिकारीहरु नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघको आगामी फागुन २० देखि २१ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा प्रतिनिधि नै बनेको खुलासा भएको छ ।

दृष्टि साप्ताहिकमा खबर छ– साधारण सदस्य बन्न कानुनले बन्देज लगाएको अवस्थामा प्रतिनिधि नै बनेर कानुनको उल्लंघन गर्ने छुट पाउनेमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी भूषण श्रेष्ठ, पोखरा विश्वविद्यालयका राजिष्ट्रार गोविन्द शर्मा, त्रिवि सेवा आयोगका सदस्य केदारनाथ घिमिरे, मानविकी संकायका डिन चिन्तामणि पोखरेल, त्रिवि परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक केशवराज बास्तोला, त्रिवि कानुन संकायका डिन ताराप्रसाद सापकोटा, त्रिवि योजना महाशाखा प्रमुख ऋदिशकुमार पोखरेल, त्रिवि उच्च शिक्षा परियोजनाका निर्देशक रामचन्द्र पोखरेल, त्रिवि अनुगमन समितिका निर्देशक डा. अरुण कुमार शर्मा, पशु विज्ञान अध्ययन संस्थानका डिन नरेन्द्रकुमार चौधरी छन् ।

माघ अन्तिम साता भरतपुर चितवनको गार्डेन रिसोर्टमा फेला परेको पेनड्राइभमा रहेको तथ्यांक अनुसार प्रचलित कानुन विपरीत आ–आफ्नो कार्यालयका प्रप्रासंघ एकाइको एक सदस्यीय समितिको अध्यक्ष भएर प्रतिनिध हुनेहरुमा पोखरा विश्वविद्यालय योजना महाशाखाका निर्देशक हरिबहादुर खड्का, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक पूर्णचन्द्र शर्मा, पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका निर्देशक राजेश ठकुराठी, पोखरा विश्वविद्यालय डिन, इन्द्रप्रसाद तिवारी, सुदूर पश्चिम विश्वविद्यालयका परीक्षा निर्देशक भाष्करदत्त जोशी लगायत छन् ।

प्रचलित कानुन विपरीत आ आफ्नो कार्यालयका प्रप्रासंघ एकाइको एक सदस्यीय समितिको अध्यक्ष भएर प्रतिनिधि भएका छन् ।


(२०७३ फाल्गुन ११, बुधबार) ०९:१८ मा प्रकाशित

Exchange Rate

Nepali Patro