रिलिजअगाडि कानूनी झमेलामा फस्यो रंगून

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ फाल्गुन ९, सोमबार) ०३:२३

विशाल भारद्वाजले निर्देशन गरेको फिल्म रंगुन रिलीजभन्दा अगाडि नै कानूनी झमेलामा फसेको छ । समाचारअनुसार फिल्म प्रोडक्सन कम्पनी भाडिया मूभिटोन प्राइभेट लिमिटेडले कपिराइट उल्लंघन गरेको आरोपमा मुम्बई उच्च अदालतमा रंगूनका निर्माताहरुमाथि व्यवसायिक मुद्दा दायर गरेको छ ।

भाडिया मूभिटोन प्रालिका राय भाडियाले भने, ‘रंगूनमा कंगनाले निभाएको मिस जूलियाको भूमिका अष्ट्रेलियाकी स्टन्ट एक्टटर मेरी एवन्सको वास्तविक जिन्दगीमा आधारित छ । सारा संसारमा मेरी एवन्स निर्डर नाडियाको नामले परिचित छिन् ।

आगामी २४ फेब्रुअरीमा रिलीज हुने क्रममा रहेको रंगून यसका दुई स्टार कंगना र शाहिद कपुरबीचको शीतयुद्धका कारण पनि चर्चामा छ । कंगना र शाहिद अहिले एक-अर्कालाई लक्ष्यित गरेर अनेक बयानवाजी गरिरहेका छन् । – एजेन्सी


(२०७३ फाल्गुन ९, सोमबार) ०३:२३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना