आफ्नै ड्राइभरद्धारा चर्चित अभिनेत्री मलायालम शुक्रबार राति बलात्कृत

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन ८, आईतवार) १२:१९

साउथ इंडियन फिल्म इंडस्ट्रीकी चर्चित अभिनेत्रीलाई आफ्नै ड्राइभरले बलात्कार गरेको समाचार बाहिर आएको छ । शुक्रवार राति आडी भन्ने स्थानमा ती अभिनेत्रीको बलात्कृत भएको समाचारमा उल्लेख छ । अभिनेत्री मलायालम फिल्म इंडस्ट्रीमा चर्चित छिन् । उनले तेलगु, तमिल र कन्नड फिल्ममा पनि काम गरिसकेकी छिन् ।

अभिनेत्रीका ड्राइवर मार्टिन र सुनिल कुमार भनिने सुनिल पल्सरले बलात्कार पूर्व दुर्घटनाको अवस्था सृजना गरेका थिए । बलात्कारमा संलग्न ड्राइभर मार्टिन गिरफ्तार भइसकेका छन् । सुनिल र उनका तीन जना साथी फरार छन् । सुनिल केही महिना अगाडिसम्म ती अभिनेत्रीको ड्राइभरका रुपमा कार्यरत थिए ।

स्थानीय पुलिसले बलात्कृत भएकी अभिनेत्रीलाई मेडिकल जाँच गरिएको र मेडिकल जाँचपछि बलात्कार भएको रिपोर्ट आएको जनाएको छ ।

अभिनेत्री २०१३ को आफ्नो फिल्मको सीक्वलको डबिंगका लागि कोच्चि जाँदै थिइन् । उनी सवार कार अचानक अंगमालीको अथानीमा रुकेको थियो ।

वरिष्ठ पुलिस अफिरका अनुसार अभिनेत्री सवार कारलाई पछाडिबाट अटो रिक्साले ठक्कर दिएपछि ड्राइभर मार्टिनले कार रोकेका थिए । तीन जना अभिनेत्री सवारी कारमा प्रवेश गरेर जथाभावी गाली गरेका थिए । त्यस बेला मार्टिनले कार चलाइ रहेका थिए ।

आरोपीहरूले अभिनेत्रीलाई गाली गर्दै करिव एक घण्टासम्मको फिल्म पनि बनाएका छन् । पछि कारलाई रोकेर मार्टिन पछाडि रहेको अर्को कारमा बसेका थिए ।

कोच्चिका पुलिस कमिश्नर एमपी दिनेशले यो विषय यौन शोषणको मामला रहेको भन्दै अभिनेत्रीको नाम भन्न मानेका छैनन् । – एजेन्सी


(२०७३ फाल्गुन ८, आईतवार) १२:१९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना