विप्लब विद्यार्थीद्वारा काठमाडौँका शिक्षा अधिकारी गाैतमलाई कालोमोसो, कालोमोसो दल्नेलाई जिशिअ गौतमको चुनौती

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ बैशाख १५, बुधबार) १९:१२

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)सम्बद्ध विद्यार्थीले अाज काठमाडाैंका जिल्ला शिक्षा अधिकारी शंकर गाैतमलार्इ कालाेमाेसाे दलेर दुव्र्यवहार गरेका छन् । जिल्ला शिक्षा कार्यालय काठमाडाैं आएका विद्यार्थी कार्यकर्ताले विवाद झिकी गौतमलाई कालोमोसोसहित हातपातको प्रयास गरेका थिए । सो सङ्गठनका अध्यक्ष पूर्णसिंह बराइलीले पूर्वयोजनाअनुसार घटना नभएको बताए । शिक्षा क्षेत्रमा अनियमितता र आर्थिक घोटाला गरेकाे आरोप विप्लव माअाेवादीका कार्यकर्ताले जिसिअ गाैतमलार्इ लगाएका छन् । बिध्यारथीसग भनाभन हुँदा केहिबेर तनावग्रस्त बनेको थियो, जिल्ला क्षिक्षा कार्यालय काठमाडौं ।

kalo shankarयसैबीच काठमाण्डौका जिल्ला शिक्षा अधिकारी शंकर गौतमले बुधबार राति करीब ११ बजे आफ्नो फेसबुकमा स्टाटस लेख्दै केही व्यक्तिले आफ्ना मान्छेलाई छात्रबृतिको नि:शुल्कको सिफारिश गर्न दबाब दिएको तथा आफ्नालाई आफ्नालाई जसरी भएपनि नियुक्ति दिनुपर्ने माग राख्दा कुरो नमिलेपछि आफूमाथि दुर्ब्यबहार भएको कुरा उल्लेख गरेका छन् उनले आफ्नो फेसबुक स्टाटसमार्फत आफुलाई कालोमोसो दल्नेहरुलाई चुनौती दिंदै अघि भनेका छन् , “फगत लुटको नारालाई राष्ट्रियमा सम्बोधन गर्न आजैबाट वन्द गरौ। बचेखुचेको राजनीति गर्ने भिरालो बाटो भएपनि बाकी रहला। गरीब जनताको लागि नारामात्र लगाउने र हामी काम गर्ने बीचको तुलना गरौ न त।”

आफुलाई कालोमोसो दल्नु अनुचित रहेको दाबी गर्दै उनले यदि पार्टीको  केन्द्रिय नेतृत्वको निर्देशन हो भने उचित नलागे छलफल गर्न आव्हान पनि गरेका छन्।

उनको फेस्बुकमा लेखिएको छ “आज 3 बजे तिर केही ब्यक्तिहरू जिशिका मा आई आफ्ना भन्नेहरूका लागि निशुल्क पठाउने छात्रबृतिको सिफरिस गरिदिने दवाव गरिरहेको र निजी बिद्यालयबाट असुल्ने, आफ्नालाई जसरी भएपनि नियुक्ति दिनुपर्ने माग सम्बोधन गर्ने कुरै भएन। तिनिहरूको हुके बैठके हुने बाध्यता पनि भएन।
अचानक प्रायोजक सैलिमा केही गर्न आए तर बिचरा केही भएर गए।
यदी केन्द्रिय नेतृत्वको यही निर्देशन हो भने उचित नलागे फलफल गरौ। फगत लुटको नारालाई राष्ट्रियमा सम्बोधन गर्न आजैबाट वन्द गरौ। बचेखुचेको राजनीति गर्ने भिरालो बाटो भएपनि बाकी रहला। गरीब जनताको लागि नारामात्र लगाउने र हामी काम गर्ने बीचको तुलना गरौ न त।”


(२०७३ बैशाख १५, बुधबार) १९:१२ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना