पत्रपत्रिकाको पहिलो पानाबाट: ‘अब राजासहितको लोकतन्त्र’

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन ७, शनिबार) ०१:०८

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनसँग सम्बन्धित समाचारले शनिबार प्रकाशित अधिकांश दैनिक पत्रपत्रिकाको फ्रन्टपेजमा स्थान पाएको छ । कान्ति लोकपथ निर्माणको काम ६० वर्षमा १५ प्रतिशत मात्रै भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले राजधनीमा दिउँसै व्यापारी अपहरणमा परेको समाचारलाई फ्रन्टपेजमा छापेको छ । त्यस्तै, राप्रपाको महाधिवेशनको समाचारलाई प्राथमिकता साथ प्रकाशित गरेको छ ।

 

अन्नपूर्ण पोस्ट् दैनिकमा डा. दिनेशचन्द्र पोखरेललाई ‘आईजीपीको पगरी आइलागेको’ समाचारले महत्व पाएको छ ।

एक युगमा पनि देशले समृद्धिको गति लिन नसकेको सन्दर्भमा नागरिक दैनिकले ‘खेर गएको एउटा युग’ शीर्षकमा मुख्य समाचार छापेको छ । त्यस्तै भार नथेग्दा चिल्लो सडक दुई वर्षमै छियाछिया भएको समाचारले पनि फन्टपेजमा प्रकाशित छ ।

प्रजातन्त्र दिवसको सन्दर्भमा ‘समावेशी बिहानी’ शीर्षकको समाचारलाई कान्तिपुरले विशेष महत्वका साथ प्रकाशित गरेको छ ।

राजधानी दैनिकले राष्ट्रपतिलाई आक्रमण गरे १० वर्ष कैद गर्ने ऐन विधायन समितिबाट पारित भएको समाचार र घर बनाइसकेका भूकम्पपीडितले एकमुष्ट तीन लाख रुपैयाँ राहत पाउने भएको समाचारलाई महत्वका साथ छापेको छ ।

नेपाल समाचार दैनिकले जेठमा स्थानीय चुनाव लगभग असम्भव भएको समाचारलाई प्राथमिकता दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन हुनेमा शंका नगर्न गरेको आग्रहलाई खास महत्वका साथ छापेको गोरखापत्र दैनिकले राजदूत नुहँदा कूटनीतिक सम्बन्ध प्रभावित भएकोृलाई एंकर बनाएको छ ।


(२०७३ फाल्गुन ७, शनिबार) ०१:०८ मा प्रकाशित

मुख्य समाचार

सबै

सरकारी जग्गा व्यक्तिको नाममा पास गर्न खोज्ने सत्तारुढ नेकपा नेताबिरुद्ध पक्राउ पुर्जी जारी

सरकारी जमिन मालपोत र नापीका कर्मचारीहरुसँग मिलेर व्यक्तिको नाममा पार्ने प्रयास गरेको आरोपमा जिल्ला अदालत झापाले सरकारी नेकपाका स्थानीय नेता गगन पुरीलाई पक्राउ पुर्जी जारी गरे को छ । उनलाई सरकारी छाप र.....

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

Exchange Rate

Nepali Patro