नेपाल पत्रकार महासंघ कास्कीमा वामपन्थी तथा प्रगतिशील पत्रकारहरुको वर्चश्व ,अध्यक्षमा दीपेन्द्र श्रेष्ठ बिजयी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन ६, शुक्रबार) १३:४७

नेपाल पत्रकार महासंघ कास्कीमा वामपन्थी तथा प्रगतिशील पत्रकारहरुको वर्चश्व कायम भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीको शुक्रबार साँझ सम्पन्न दशौं अधिवेशनबाट प्रेस चौतारीका उम्मेदवार दीपेन्द्र श्रेष्ठ अध्यक्ष पदमा बिजयी भएका छन् । उनले नेपाल प्रेस य्नियनका रमेश पौडेललाई २२ मत अन्तरले पराजित गरेका हुन् ।
साँझ घोषणा गरिएको चुनावी परिणाम अनुसार, बाम गठबन्धनको नेतृत्व गरेका प्रेस चौतारी तर्फका उमेदवार श्रेष्ठले १५५ मत प्राप्त गरी आगामी तीन वर्षे कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । स्वतन्त्र पत्रकार संघसँग गठबन्धन गरी मैदानमा उत्रिएका प्रेस युनियन तर्फका उमेदवार पौडेलको पक्षमा १३३ मत परेको निर्वाचन समितिले जनाएको छ ।

महासंघको खुल्ला उपाध्यक्षमा त्रिभुवन पौडेल विजयी भए । उनले १७९ मत ल्याएका छन् । पराजित यदुनाथ बंजाराले ११० मत ल्याए । पौडेल प्रेस सेन्टरका हुन् भने बञ्जारा प्रेस युनियनका हुन् ।

महिला उपाध्यक्ष महिलामा प्रेस युनियन तर्फकी उमेदवार बिमला भण्डारी विजयी भइन् । उनले १३८ मत प्राप्त गरी निर्वाचित हुदा निकटमतम् प्रतिष्पर्धी स्मीता अधिकारीले १२५ र ईश्वरी पौडेलले २१ मत प्राप्त गरिन् । पौडेलको स्वतन्त्र उम्मेदवारी परेको थियो ।

त्यस्तै सचिवमा १५० ल्याउँदै रामप्रसाद तिमिल्सेना निर्वाचित भएका छन् । उनले बासुदेव मिश्रलाई पराजित गरेका हुन् । मिश्रले १३२ मत प्राप्त गरे । सहसचिवमा दीननाथ बराल विजयी भए । उनले १६२ मत ल्याउँदाका निकटतम् प्रतिष्पर्धी फडिन्द्र अकिंचनले १२१ मत ल्याएका छन् ।

सहसचिव समावेशीतर्फ दीपक परियार विजयी भए । उनले १६७ मत ल्याउँदा उनका प्रतिष्पर्धी भूपाल गुरुङले ११० मत ल्याए । कोषाध्यक्षमा सञ्जय मल्लले १४७ मत ल्याउँदै विजयी हुँदा पराजित बसन्तराज अधिकारीले १३४ मत ल्याएका छन् ।

८ खुल्ला तर्फको सदस्यमा सुरेन्द्र पौडेल १८५, रञ्जन अधिकारी १८०, एकराज गिरी १७४, कृष्ण दवाडी १६७, मनोज घर्तीमगर १५८, कमल पौडेल ‘अथक’ १४८, प्रकाश ढकाल १३१ र सुरज श्रेष्ठ १२८ मत सहित जीत हात पार्नसफल भए । सदस्यमा विजयीमध्ये अथक र ढकाल प्रेस युनियन प्यानलबाट विजयी भएका हुन् ।

समावेशी सदस्य तर्फ जनजातिमा गीता रानामगर विजयी भए । उनले १५९ मत ल्याएका छन् । शिलादेवी गुरुङले ११३ मत ल्याइन् । सदस्य समावेशी महिलातर्फ उमा आलेमगरले १६४ मत ल्याउँदै विजयी भइन् । पराजित ज्योति हमालले १०९ मत ल्याइन् । विजयी गीता र उमा चौतारी प्यानल हुन् ।

यसअघि समावेशी अल्पसंख्यकतर्फ जैनव खातुन र दलिततर्फ रेम बिक निर्विरोध भैसकेका छन् ।


(२०७३ फाल्गुन ६, शुक्रबार) १३:४७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना