प्रचण्डले रोल्पा पुगेर भने– सरकारले अब रोल्पालीको घर घरमा विजुली पुर्याइदिन्छ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन ६, शुक्रबार) ११:१५

काठमाण्डौंमा खुल्ला आमसभा मार्फत महाधिबेशनको उद्घाटन गरेर रोल्पा छिरेको बिप्लव माओवादी यतिबेला थवाङमा बन्दशत्र चलाईरहेका छ । ऊ पुरानो सत्ताको विरुद्ध लड्नका लागि योजना, नीति र नियम बनाउँदैछ । तर त्यही रोल्पाले प्रधानमन्त्री बनाएको पुष्पकमल दाहालले आज रोलपा पुगेर रोल्पाली जनतालाई एउटा आश्वासन दिएर फर्किएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोल्पाली जनता अध्याँरोमा बस्नु नपर्ने घोषणा गरेका छन् । उद्योग वाणिज्य महासंघले लिवाङमा आयोजना गरेको रोल्पा महोत्सवको शुक्रबार उद्घाटन गर्दै प्रचण्डले घर घरमा विजुली पुर्याइदिने बताए । विजुलीका लागि रोल्पालीले पैसा तिर्नु नपर्ने समेत उनले आश्वासन दिए ।

माओवादी नेतृत्वकै सरकारलेसमेत रोल्पालीलाई बेवास्ता गरेको भन्दै एमाओवादीबाट छुट्टिएको विप्लव माओवादीले रोल्पाको थवाङमा महाधिवेशनको बन्दसत्र गरिरहँदा प्रचण्डले लिवाङमा पुगेर रोल्पामा विकासको बाढी ल्याउने भाषण दिए ।

राजनीतिक लडाइँमा विजय हासिल गर्दै गणतन्त्रसम्म पुगेको र शान्ति कालमा समेत महत्वपूर्ण योगदान गरेकै कारण रोल्पाले अहिले राज्यका महत्वपूर्ण स्थानमा प्रतिनिधित्व रहेको उनको भनाइ थियो । अब क्रान्ति र आन्दोलनबाट भन्दा विकास निर्माणबाट समाजवादको आधार तयार गर्न सकिने नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बताए । एकथरी शक्ति सिंहदरबारको अधिकार गाउँसम्म पुग्न दिने पक्षमा नभएको र अर्कोथरी शक्ति पछाडितर्फ फर्कन खोजेको प्रधानमन्त्री दाहालको आरोप थियो ।

रोल्पा पर्यटनको लागि पनि महत्वपूर्ण जिल्ला भन्दै उनले युद्ध पर्यटनको सम्भावना अरु जिल्लासँग तुलना नै गर्न नसकिने बताए । उनले कृषि, पशुपालन, खेलकुद लगायतका क्षेत्रमा पनि विशेष कार्यक्रम ल्याउने मात्र बताएर थवाङमा विशेष कार्यक्रम गरिने उद्घोष गरे ।

प्रचण्डले रोल्पाका लागि २९ करोड बजेट छुट्टयाइएको उल्लेख गर्दै रोल्पाका लागि छुट्याइएको बजेट फ्रिज नगराउनसमेत उनले सोही मञ्चबाट जिल्लाका अधिकारीहरुलाई निर्देशन दिए ।

शान्ति र संविधानको सवालमा विजयी जिल्ला बनेको रोल्पा विकास निर्माणमा पनि विजयी जिल्ला बनोस् भनी प्रचण्डले शुभकामना पनि दिए ।


(२०७३ फाल्गुन ६, शुक्रबार) ११:१५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना