चीनसँग भएका सम्झौता कार्यान्वयन नभएकोमा उपराष्ट्रपति असन्तुष्ट

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन ६, शुक्रबार) १०:०५

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चीनसँग भएको सम्झौता कार्यान्वयन गर्न ढिलाई भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सरकार परिवर्तन भए पनि परराष्ट्र नीति परिवर्तन गर्न नहुने बताए । नेपाल विश्व सम्बन्ध परिषद्को ६९ औं वार्षिक उत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुकसँग भएको सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनमा लैजानुपर्ने धारणा राखे ।

विगतमा भएका सहमति कार्यान्वयनमा ढिलाई भए छिमेकीसँगको सम्बन्ध बलियो हुन नसक्ने उनको भनाइ थियो । उपराष्ट्रपति पुनले राष्ट्रिय नीतिमा एकरुपता नल्याई कुटनीतिक सफलता हात पार्न नसकिने पनि उल्लेख गरे । कार्यक्रममा परराष्ट्रविदहरुले राष्ट्रिय स्वार्थ अनुकूल परराष्ट्र नीति बनाउनुपर्ने बताएका थिए ।


(२०७३ फाल्गुन ६, शुक्रबार) १०:०५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना