नेपालीबाटै जबरजस्ती रकम असुल गर्ने नेपाली गिरोह मलेशियामा पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन ६, शुक्रबार) ०९:२१

मलेसियन प्रहरीले एक नेपाली गिरोहलाई पक्राउ गरेको छ ।

नेपालीबाटै जबरजस्ती रकम असुलेको आरोपमा ११ जना पक्राउ परेका हुन् ।

जबरजस्ती पैसा असुली र डकैतीमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये दुई जना महिला समेत रहेका छन् । २२ वर्षदेखि ३६ वर्षको उमेरबीचका सबै आरोपीहरु बुधबार जुरु र तामान पेरविरामा छापा मार्दा पक्राउ परेका मलेसियाको सेबेराङ पेराइ तेन्गाहका प्रहरी प्रमुख एसीपी निक रोस अजहान निक अब्दुल हामिदले जानकारी दिए ।

‘पेनाङ योङ स्टार ग्याङ’ को नामले परिचित यो गिरोहले एक वर्षयता आफ्नै देशका नेपालीहरुबाट मासिक २५ रिङ्गेटका दरले ‘सुरक्षा शुल्क’ असुल गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

‘सबै आरोपीहरुको शरीरमा थुप्रै टाटु थिए, त्यसमा पनि एउटा विशेषखालको साझा टाटु थियो, जसले उक्त गिरोहको सदस्य भनेर पहिचान गर्न सकिन्थ्यो । गिरोहले आफ्ना सदस्यहरुका लागि विशेष समारोह आयोजना गर्ने गथ्र्यो र छापा मारिएको एउटा घर नयाँ सदस्यहरुलाई भर्ति गर्ने स्थान थियो,’ उनले भने ।

छापा मारेपछि प्रहरीले खुकुरी, नेपाली झण्डा, व्वाँसोको टाउको भएको मुर्ति, सांगीतिक उपकरण बरामद गरेको हामिदले जानकारी दिएका छन् । उनीहरु कसैसँग पनि यात्राको वैध कागजात नभएको उनको भनाइ छ ।


(२०७३ फाल्गुन ६, शुक्रबार) ०९:२१ मा प्रकाशित

Exchange Rate

Nepali Patro