पत्रपत्रिकाको मुख्य पानामा : मधेश नफेरेसम्म नेपालमा लोकतन्त्र कमजोर हुने भारतीय कुटनीतिज्ञको चेतावनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन ५, बिहीबार) २३:४१

शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुका भारतीय कुटनीतिकज्ञहरुले ‘मधेश नफेरेसम्म नेपालमा लोकतान्त्र कमजोर हुने’ चेतावनी दिएकोदेखि पाँच दिनभित्र स्थानीय निर्वाचनको मिति घोषणा हुनेसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।

जनकपुर आएर भारतीय कुटनीतिज्ञले ‘मधेश नफेरेसम्म नेपालमा लोकतान्त्र कमजोर हुने’ चेतावनी दिएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ छापेको छ ।

 

निर्वाचन हुनेमा एमाले सशंकित भएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले बहुविवाह गर्नेलाई महिना दिनमै उन्मुक्ति दिएको समाचारलाई एंकर बनाएको छ ।

नयाँ पत्रिका दैनिकमा पाँच दिनभित्र निर्वाचन घोषणा हुने समाचार महत्वका साथ छापिएको छ ।

नागरिक दैनिकले पहिलो चरणमा पहाडी जिल्लाहरुमा स्थानीय निर्वाचन गर्ने तयारी भएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रसंघले नेपाल सरकारलाई फेरि दाता सम्मेलन गर्न सुझाव दिएको समाचारलाई प्राथमिकता दिएको छ ।

मेक्सिकोमा तीन सय नेपाली अलपत्र परेको समाचारलाई कान्तिपुर दैनिकले खास महत्वका साथ छापेको छ ।

नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक प्रक्रियामा लगेर मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने निर्णय गरेको समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले परराष्ट्रमन्त्री प्रकाशशरण महतले युरोपेली आयोगसँग हवाई सुरक्षामा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको समाचारलाई पनि प्राथमिकता दिएको छ ।

नेपाल समाचारपत्र दैनिकमा एमालेले विदशी हस्तक्षेप बढेको निष्कर्ष निकालेकोलाई मुख्य समाचार बनाएको छ ।


(२०७३ फाल्गुन ५, बिहीबार) २३:४१ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro