सल्यानमा बलात्कारपछि २ बालिकासहित एकै घरका ४ जनाको विभत्स हत्या

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ बैशाख १५, बुधबार) १६:५८

सल्यानको रानागाउँमादुई नाबालीका सहित ४ जनाको विभत्स रुपमा गरिएको हत्याको कारण बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । घटनाको प्रकृति अनुसार बलात्कार पछि हत्या गरेको सल्यानका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए ।
अज्ञात व्यक्तिले बलात्कार पछि अपराध लुकाउन जिल्लाको छायाँक्षेत्र गाविस ९ रानागाउँ निबासी २३ बर्षीया सीता खाँड, उनकी डेढ बर्षिया छोरी सविता खाँड, ढाइ बर्षिया पवित्रा खाँड र पाहुना पर्न आएकी सीताकी बहिनी सल्यानकै मार्केमदनाकी १८ बर्षीया गिता गिरीको हत्या गरेको प्रहरीले बतायो ।

अज्ञात व्यक्तिले बस्तुभाउ बाँध्न प्रयोग गरिने किलाले लखेटी लखेटी हिर्काएर हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मानसीक सन्तुलन गुमाएकी स्थानीय जुठी अधिकारी पनि घाइते छिन् । यसैबीच अज्ञात समूहले चारै जनाको हत्यापछि दोषी पत्ता लगाउन क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाट गएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरी नायब निरीक्षक बासुदेव सुवेदीको नेतृत्वमा गएको अनुसन्धान टोलीले तालीम प्राप्त कुकुर समेत लिएर गएको छ ।


(२०७३ बैशाख १५, बुधबार) १६:५८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना