प्रियंकाले लेखिन्-‘मलाई लाग्छ, म गर्भवती भएँ’

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ फाल्गुन ४, बुधबार) २२:३५

नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको भन्दै एक तस्बिर पोष्ट गरिन् । इन्स्ट्राग्राममा प्रियंकाले लेखेकी छिन्-‘मलाई लाग्छ म गर्भवती छु । यो बेबी डाइनोसर हो ।’

इन्स्ट्राग्राममा नायिकाले पोष्ट गरेको यो तस्बिरमा उनका फ्यानहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । तर, चलचित्र ‘बटरफ्लाई’को छायांकनमा रहेकी यी नायिकाले कपडा राखेरै आफू गर्भवती भएको सोच्न किन थालिन् होला ? रोचक मैनालीसँग बिहे गरेर केहि बर्ष अमेरिका बसेकी प्रियंका पछि उनीसँग वैवाहिक सम्बन्धबाट अलग हुँदै नेपाल फर्किइन् । उनले बेला-बेलामा बच्चा र बिबाहको कुरा गर्ने गरेकी छिन् ।

कतै, नेपालकी हट केक नायिकालाई फेरि बिहे गरेर सन्तान जन्माउने रहर त जाग्न थालेको होइन । कि, प्रियंका चर्चाकै लागि यस्तो उपाय खोजिरहेकी छिन् ? यो उनले नै जान्ने कुरा हो ।


(२०७३ फाल्गुन ४, बुधबार) २२:३५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना