राप्रपा प्रवेश गरेको एक महिना नहुदै कोमल वलीद्धारा राजिनामा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ फाल्गुन ४, बुधबार) ११:५६

राप्रपा नेपालमा प्रवेश गरेको एक महिना नपुग्दै कोमल वलिले रेडियो नेपालबाट राजिनामा दिएकी छन् । रेडियो नेपालमा समाचारवाचनबाट चर्चित भएकी सञ्चारकर्मी तथा गायिका वलीले ‘फुल टाइम’ राजनीति गर्ने सोच लिएर बीस वर्षे जागिर छोडेको बताएकी छिन् ।

पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा प्रवेश गर्नेहरुको लहर चलिरहँदा उनी पनि राप्रपाका कार्यक्रममा बढी देखिन्थिन् ।

सरकारी कर्मचारी राजनीतिक पार्टीमा सक्रिय रहेको भन्दै उनको आलोचना समेत भएको थियो । उनीविरुद्ध हेल्लो सरकारमा गुनासो परेपछि सुचना तथा सञ्चार मन्त्रालयले उनीसँग स्पष्टिकरण समेत सोधेको थियो ।

उनी भन्छिन्, ‘जागिर छोडेपछि मात्र सक्रिय राजनीतिमा लाग्ने पहिलेदेखिकै सोच भएकाले अब बल्ल सदस्य बन्दैछु । आउँदो महाधिवेशनमा केन्द्रिय सदस्यमा उठ्ने निर्णय गरेको छु ।’

अभिनेत्री रेखा थापालाई उनैले राप्रपा प्रवेश गराएको भन्ने आलोचना समेत भएको थियो ।


(२०७३ फाल्गुन ४, बुधबार) ११:५६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना