द्वन्द्वकालीन मुद्दामा ६ माओवादी एकै ठाउँ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ बैशाख ८, बुधबार) १९:५९

सशस्त्र द्वन्द्वकालीन मुद्दालाई लिएर छ माओवादी एक ठाउँमा उभिएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डको आहृवानमा बुधबार पेरिसडाँडामा विभाजित माओवादीहरुको भेला नै भएको थियो । बैठकमा विप्वल माओवादीका नेताहरु अनुपस्थित रहे भने नयाँ शक्ति नेपाल निर्माणमा लागेका बाबुराम भट्टराईको पार्टीका प्रतिनिधि भने सहभागी भ.एका छन् ।

बैठकले शान्ति प्रक्रियालाई भाड्ने प्रयास भइरहेको भन्दै माओवादीहरु एक ठाउँमा अभिनु पर्नेमा जोड दिएको छ । स्रोतका अनुसार शान्ति सम्झौता अनुसार नै प्रहरी र अदालतमा भएका मुद्धाहरुलाई टिआरसीमा लैजान माग गर्दै माओवादी शीर्ष नेताहरुले नै संयुक्त वक्तव्य निकाल्दैछन् ।

माओवादी शीर्ष नेताहरुको बैठकले द्वन्द्वकालीन मुद्धा सत्य निरुपण र वेपत्ता आयोगले मात्र हेर्नु पर्नेमा जोड दिएको छ । उसका लागि सरकारलाई आवश्यक दबाव दिने र राजनीतिक पहल लिने निर्णय भएको छ । साथै शीर्ष नेताहरुको समन्वयमा बस्ने सहमति भएको छ । साथै अहिले सत्य निरुपण र वेपत्ता छानविन आयोगले उजुरी आहृवान गरेकाले कार्यकर्तालाई सहयोग गर्न कानुनी डेस्क नै बनाउने सहमति भएको छ ।

उजुरी दर्ताका लागि सामूहिक अभियान नै चलाउने भएका छन् । बैठकवपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले भने, अहिले निवेदनहरु दर्ता गर्ने क्रम चलेको छ । त्यसलाई सामूहिक ढंगले देशैभरी कहीँ कतै नछुटुन् भने सामुहिक अभियान चलाउने भन्ने भएको छ ।’

सत्य निरुपण मेलमिलाप तथा बेपत्ता सम्बन्धी दुबै आयोगहरुले वैशाख ५ देखि उजुरी दिन थालेका छन् । आयोगले द्वन्द्वकालीन घटनाको उजुरी लिन थालेपछि माओवादीबाट पीडित भएकाहरुले आयोगमा धमाधम उजुरी दिइरहेका छन् । तर, यसबारे माओवादी नेताहरु भने के गर्ने र कसो गर्ने भन्ने अन्योलमा परेका छन् ।यस्तो हुनुमा आयोगमा उजुरी दिने कि नदिने भन्नेबारे विप्लव समूहमा फरक मत रहेको स्रोतले बतायो । ‘प्रचण्डको एजेण्डा क्लियर भएन, त्यसैले हामी पेरिसडाँडा गएनौं,’ विप्लव माओवादीका एक नेताले  भने ।

आयोगमा आफ्नो पार्टीको तर्फबाट उजुरी दिने कि नदिने भन्नेबारे फरक प्रचण्डको भन्दा आफूहरुको फरक धारणा रहेको विप्लव समूहका नेताले बताएका छन् ।प्रचण्ड र वैद्य समूहका नेताहरु भने आयोगमा बढी भन्दा बढी उजुरीहरु दर्ता गर्ने पक्षमा रहेको स्रोतले बतायो ।


(२०७३ बैशाख ८, बुधबार) १९:५९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना