पानामा पेपर्स प्रकरणमा अख्तियारले छानबिन थाल्यो

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ बैशाख ८, बुधबार) ०१:४१

संसार हल्लाएको पानामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ  । नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि अख्तियारले चासो देखाएको हो । आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पानामा पेपर्ससँग केही नेपालीको नाम जोडिएपछि नेपाल सरकारका निकाय र विदेशस्थित कूटनीतिक नियोगसँग पनि सूक्ष्म तवरले द्विपक्षीय छलफल एवम् अनुसन्धान सुरु गरिएको बताए ।

आयोगले आन्तरिक राजस्व विभाग, उद्योग विभाग, ठूला करदाता सेवा कार्यालय लगायतका निकायसँग पनि छलफल गरिरहेको र यो प्रकरणसँग जोडिएका केही विषयमा छानबिन सुरु गरेको जनाएको छ ।  ‘आयोगले पनि अध्ययन गर्न आवश्यक देखिएको छ’ आयोग प्रवक्ता पुष्करले भने, ‘यो अहिलेसम्म पूर्ण रुपमा स्पष्ट भइसकेको छैन । तर उक्त मेगा भ्रष्टाचारसँग नेपालको पनि कुनै न कुनै सम्बन्ध जोडिएको हुनसक्छ ।’

आयोगले विभिन्न मुलुकमा रहेका कूटनीतिक निकायसँग पनि आवश्यक परामर्श गरिरहेको छ । ‘नेपालका केही व्यक्तिको नाम जोडिनुले हामीलाई अध्ययन गर्नैपर्छ भन्ने देखाएको छ’ प्रवक्ता पुष्करले भने, ‘हामीले पहिलो चरणको सामान्य अध्ययन सकाएका छौं । त्यसको विवरणका आधारमा थप अध्ययन हुन्छ ।’

सबै तथ्यका आधारमा नेपालका करिब एक दर्जन अधिकारी एवम् व्यवसायी मुछिएको पाइएको र त्यसले मुलुकको प्रतिष्ठामाथि पनि आँच पुर्याएको आयोगको ठहर छ ।

विश्वका सत्तारूढ एवम् चर्चित नेता, खेलाडी, अभिनेता र व्यवसायीले कर छली गरेको उक्त पानामा पेपर्समा उल्लेख गरिएको थियो ।


(२०७३ बैशाख ८, बुधबार) ०१:४१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना