पार्टीमाथि दमन गर्ने सरकारी सडयन्त्रबिरुद्ध विप्लव माओवादी प्रदर्शनमा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ २१, शुक्रबार) ०५:३३

काठमाडौं, २१ माघ ।
सरकारले माओवादी पार्टीमाथि निगरानी र धरपकड र दमन बढाउने तयारी थालेको भन्दै त्यसको विरोधमा नेकपा (माओवादी) ले शुक्रबार प्रदर्शन गर्ने भएको छ ।
नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै राज्यको दमनकारी नीतिबिरुद्ध आफ्नो पार्टी शसक्त प्रतिरोधको मार्गमा आगाडि बढ्ने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, – ‘ हाम्रो पार्टी प्रचण्ड सरकारलाई यस्तो जनघाती रोक्न र हामीले आगाडि बढाएका विषयमा गम्भीर हुन् आग्रह गर्दछ । अन्यथा आउने परिस्थितिको जिम्मेवार राज्य]नै हुने चेतावनी पनि दिन्छ ।’
पार्टी महासचिव विप्लले राज्यको दमनकरी र भ्रामक कार्यको देशव्यापी भण्डाफोर र प्रतिकार गर्न सम्पूर्ण पार्टी पंक्तिलाई अपिल पनि गरेका छन ।
शुक्रबार (आज) दिउँसो ३ बजे काठमाडौंको रत्नपार्क शान्तिबाटिकाबाट बिरोध प्रदर्शन सुरु हुने नेकपा माओवादीका जनबर्गिय व्यूरो इन्चार्ज मोहन कार्की ‘जीवन्त’ ले जानकारी दिएका छन् ।
बिहिबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को वैठकमा नेकपा (माओवादी) माथि निगरानी र धरपकड बढाउने छलफल भएको माओवादीले जनाएको छ । यसरी सरकार आफैले भिडन्त निम्त्याउन थालेको भन्दै माओवादीले कडा आपत्ति समेत जनाएको छ ।
आजको बिरोध प्रदर्शन शान्तिबाटिकाबाट सुरु भएर पुरानो बसपार्क, भद्रकाली, सुन्धारा हुदै पुनः शान्तिबाटिकामै  पुगेर टुंगिने बताइएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी फागुन १ गते आठौं महाधिवेशन गर्दै छ ।

(२०७३ माघ २१, शुक्रबार) ०५:३३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना