विप्लव माओवादीको महाधिवेशन तयारी अन्तिम चरणमा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ २१, शुक्रबार) ०४:२४

काठमाडाैँ, २१ माघ ।

नेकपा (माअाेवादी)का अगामी फागुन १ गतेदेखि सुरु हुने लागेकाे महाधिवेशनकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । हालै बसेकाे केन्द्रीय समितिकाे बैठकले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे निष्कर्ष निकालेकाे हाे ।

बैठकमा पेस गरेकाे सदस्यता संख्याका अाधारणमा महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक करिब एक हजार वरिपरी पुग्ने भएकाे छ । पार्टी सदस्य संख्याका अाधारमा जिल्लाबाट १ देखि १० प्रतिनिधिले थबाङ जाने पाउने भएका छन् । त्यसैगरी सदस्य संख्या जति भएपनि एउट जिल्लाले १० जनाभन्दा बढी प्रतिनिधि छान्न नपाउने यसअघिकाे केन्द्रीय समितिकाे बैठकले नै निर्णय गरिसकेकाे थियाे ।

पार्टी सदस्ता नविकरणलाई पनि राेकिएकाे छ । ९० हजार जनयुद्धकालिन पार्टी सदस्यले सदस्ता नविकरण गरेकाे र २ लाख ५० हजारले सदस्यताकाे लागि अावेदन दिएकाे रेकर्ड केन्द्रीय कार्यालयमा पुगेकाे छ ।

पार्टी महासचिव विप्लवले तयार गरेकाे राजनीतिक दस्तावेलाई पनि हालै बसेकाे स्थायी,पाेलिट्ब्युराे र केन्द्रीय समिति बैठकले अन्तिम रुप दिएकाे पाेलिट्ब्युराे सदस्य भरत बमले बताए ।

प्रश्न र सुझावलाई समेटिएर बन्दसत्रमा दस्तावेज अाउने केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिनाले बताए । उनका अनुसार दस्तावेजलाई छलफलकाे लागि जिल्लास्तरसम्म पुर्याएकाे थियाे ।

हालै बसेकाे केन्द्रीय समितिकाे बैठकले उद्घाटन समाराेहकाे व्यवस्थापनकाे लागि विभिन्न समिति समेत गठन गरेकाे छ । उद‍्घाटन समाराेहकाे व्यवस्थापनकाे जिम्मा पार्टी प्रबक्ता प्रकाण्डलाई बैठकले जिम्मा दिएकाे छ । व्यवस्थापनभित्र विभिन्न उपसमिति गठन गरिएकाे छ । उपसमितिकाे जिम्मा केन्द्रीय सदस्यहरुलाई दिइएकाे छ । त्यस्तै प्रचारप्रसारकाे जिम्मा पाेलिट्ब्युराे सदस्य अनिल शर्मालाई दिएकाे छ ।

बैठकले नेकपा एमाले र माअाेवादी केन्द्रलाई महाधिवेशनकाे निम्ताे नदिने निर्णय गरेकाे छ । त्यसैगरी माेहन वैद्य ‘किरण’ माेहनविक्रम सिंह र कृष्णदास श्रेष्ठलाई मात्र निम्ताे दिने निर्णय पनि गरेकाे छ ।

एमाले र माअाेवादी केन्द्र दलाल सत्ताकाे प्रतिनिधि भएका कारण महाधिवेशनमा नबाेलाइएकाे पाेलिट्ब्युराे सदस्य बमले बताए । संघर्षमा रहेकाे अन्तर्राष्ट्रिय भाइचारहरुमा मात्र निम्ताे पाठाइएकाे छ । उनीहरुबाट पनि लखित सन्देश मात्र अाउने बताइएकाे छ ।


(२०७३ माघ २१, शुक्रबार) ०४:२४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना