मलेसियामा रिया र सुलेमान ‘इकु’ ले गरे नेपालकै बेईज्जत: कलाको नाममा अंग प्रदर्शन (भिडियो सहित)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ १७, सोमबार) १०:३६

मलेसियामा आयोजित एक साँस्कृतिक   कार्यक्रममा नेपाली हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ र मोडेल रिया श्रेष्ठले नेपाल र समग्र कलाकारिता क्षेत्रकै बेईज्जत गरेका छन् । मलेसियाको ब्रिष्टेक स्थित होटेल हायत नजिकैको हलमा संचालित ‘युनिक साँस्कृतिक धमाका ४’ नामक कार्यक्रममा नृत्य गर्ने क्रममा उनीहरूले समग्र कला क्षेत्रकै बेईज्जत हुनेगरी छाडा ढंगले अंग प्रदर्शन गरेका हुन ।

‘बेलैमा पाक्यो रसिलो अंगुर,लैजाउन घुमाउन मलाई ठमेल बजार’ बोलको गितमा नृत्य गर्दै मोडेल रियाले स्टेजमै आफुले लगाएको कपडा खोलेर नांगो भइन । उनले नेपाली समाजमा नपच्ने र अत्यन्त छाडा शैलीमा नाँच्दै  (भित्री वस्त्र बाहेक) सबै अंग प्रदर्शन गरिन ।

रियाले नृत्य गरेको उक्त गितमा चर्चित हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ले पनि साथ दिएका छन् । इकु र रियाले नृत्यको क्रममा कलाकारिता नभै आफ्नो नाङ्गोपनलाई प्रर्दशन गरेको भिडियोमा समेत देख्न सकिन्छ।

पछिल्लो समयमा नेपाली कलाकारिता क्षेत्रमा विकृति आएको र हाम्रो मौलिक कला र संस्कृतिमाथि पाश्चात्य हस्तक्षेप बढेको भन्दै सर्वत्र चिन्ता समेत गरिएको छ।

कलाकारिता क्षेत्रमा विभिन्न साँस्कृतिक कार्यक्रमको नाममा विदेश पलायन हुने क्रम पनि बढेको छ।

अंग प्रदर्शन गर्नेलाई कार्वाहीको माग

कलाकार राष्टको गहना हुनुपर्नेमा उनीहरूकै कारण मुलुकको बेईज्जत भएको भन्दै मलेसियास्थित नेपालीहरूले सरकारसँग कार्वाहीको माग गरेका छन्। उक्त कार्यक्रममा स्वदेशी कलाकारको प्रस्तुति हेर्न जम्मा भएका नेपालीहरूले उनीहरूले देशकै बेइज्जत गरेको र विदेशमा गएर नाङ्गिएको भन्दै सरकारसँग त्यस्तो माग गरेका हुन् ।

उक्त कार्यक्रममा ति कलाकारहरूले नेपालको बेज्जत गरेको भन्दै विभिन्न संघसंस्था र व्यक्तिहरूले सामाजिक सञ्जाल मार्फत विरोध र कार्वाहीको माग गरेका छन्।

विप्लव माओवादीको कार्वाही गर्न चेतावनी

कलाको नाममा अराजकता र छाडापन प्रर्दशन गरेको आरोप लगाउँदै विप्लव माओवादीको मलेसियामा स्थित प्रवास संगठन जनप्रगतिशील मोर्चाले सरकारसँग कार्वाहीको माग गरेको छ।

मोर्चाका महासचिव टिकाराम ओलीले समग्र मुलुकको शिर झुक्ने गरि कलाकारिताको दुरूपयोग गर्नेलाई सरकारले तत्काल कडा कार्वाही गरोस, नभए जनताले आफै कार्वाही गर्न सक्ने चेतावनी दिए ।

महासचिव ओलीले भने- ‘नेपाली कला र संस्कृतिको बद्नाम गर्नेलाई कुनैपनि देशलाई माया गर्ने नेपाली टुलुटुलु हेरेर बस्न सक्दैन । सरकारले यस्ता विकृतिका जराहरू समयमै उखेलेर फ्याक्ने साहस गरोस्, नत्र जनताले आफैँ कार्वाही गर्न सक्छन ।’

मलेसिया मात्र होइन यतिबेला नेपाल र अन्य मुलुकबाट समेत सामाजिक सञ्जाल मार्फत, उक्त नृत्यले नेपालकै बेज्जत गरेको भन्दै सरकारसँग कार्वाहीको माग गरेका छन् ।

आयोजक नविन भन्छन- ठूलो विषय होइन 

देश-विदेशमा कलाकार लगेर ‘युनिक साँस्कृतिक धमाका’ को वोर्डमा कार्यक्रम आयोजना गर्दै आएका नविन खड्काले मलेसियामा जारी साँस्कृतिक कार्यक्रमको क्रममा बाहिर आएको कुराबारे आफ्नो छोटो प्रतिकृया दिएका छन्।

आयोजक खड्काले भनेका छन-‘कलाकारले नृत्यको क्रममा प्रदर्शन गरेका विषयलाई लिएर समाचार आएको जानकारी पाएँ । वास्तवमा त्यति ठूलो विषय होइन ।’ उनले आफ्नो फेसबूकमा भिडियो राख्दै त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

उक्त कार्यक्रमको लागि नेपालबाट कलाकारहरु प्रिना तिवारी,रिसिका चौधरी,रायमा लिम्बु,प्रकाश कटुवाल,मुकेश शाह,संतोष राज लगाएतका कलाकारहरु मलेसियामा आएको उनले जनाएका छन्।


(२०७३ माघ १७, सोमबार) १०:३६ मा प्रकाशित

Exchange Rate

Nepali Patro