टोटनह्याम एफएक कप फुटबलको पाँचौं चरणमा प्रवेश

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ १६, आईतवार) ०१:४७

एजेन्सी, १६ माघ ।

टोटनह्याम एफएक कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा विकम्बलाई ४–३ ले हराएर टोटनह्यामले पाँचौं चरणमा स्थान पक्का गरेको हो । ८९ औं मिनेटसम्म ३–२ ले पछि परेको टोटनह्याम त्यसपछि दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।

२३ र ३६ औं मिनेटमा पल हेसले गोल गरेपछि पहिलो हाफमा विकम्बले २–० को अग्रता लियो । ६० औं मिनेटमा सन हेउङ–मिन र ६४ औं मिनेटमा विन्सेन्ट ज्यानसेनले टोटनह्यामका लागि गोल गरे । तर ८३ औं मिनेटमा थोम्प्सनले गोल गरेपछि विकम्बले ३–२ को अग्रता लियो ।

एक मिनेट बाँकी हुँदासम्म ३–२ ले पछि परेको टोटनह्यामका लागि ८९ औं मिनेटमा डेल अलीले बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी समयको सातौं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ४–२ को जित दिलाए ।

यस्तै राति नै भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई ४–० ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको हो । चेल्सीको जितमा विलियन, पेड्रो, इवानोविक र बाट्शुयीले गोल गरे ।


(२०७३ माघ १६, आईतवार) ०१:४७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro