यी हुन् केली दुनियाकी सबैभन्दा सुन्दर महिला

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ १४, शुक्रबार) २२:३५

उसो त सुन्दर नभइकन कोही महिला अभिनेत्री तथा मोडेल बन्ने कुरा भएन । तर सुन्दर अझ भनौँ सम्पूर्ण गुणले युक्त सुन्दरताले भरिपूर्ण महिला को होला ?

विभिन्न ग्लामर पत्रिकाहरुले दुनियाका सबैभन्दा सुन्दर, सेक्सी तथा हट महिला भनेर विभिन्न अभिनेत्री तथा मोडेलहरुको नाम सार्वजनिक गर्ने गरेको त सुनिएकै हो ।

तर अहिलेसम्म अभिनेत्री तथा मोडेलहरुमा सबैभन्दा सुन्दर तथा परफेक्ट फिगर भएकी चाहीँ को होला ? भनेर कुनै वैज्ञानिक अध्ययन भएको थिएन । हालै अमेरिकी वैज्ञानिकहरुले यो रिक्ततालाई पूरा गर्दै अभिनेत्रीहरुको सुन्दरता मापनमा नयाँ आयाम थपिदिएका छन् ।

वैज्ञानिकहरुले विभिन्न मापदण्डका आधारमा दुनियाकी सबैभन्दा सुन्दर तथा पर्फेक्ट महिला पत्ता लगाएका छन् ।

अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विश्वका कैइन् मोडेलहरुमाथि गरेको शोधमा उनीहरुका उचाइ, वजन, कपालको लम्बामा अनुहारको आकार आदिका आधारमा विश्लेषण गरेका थिए । जसबाट केली ब्रूक विश्वकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी छिन् ।

केलीको सरीर एक पूर्ण फिगरका सबै मापदण्डमा खरो उत्रिएको वैज्ञानिकहरुको भनाई छ । बेलायती अभिनेत्री केली एक मोडेल, डिजाइनर तथा टेलिभिजन प्रस्तोता पनि हुन् ।

हालै हलिउडका केही अभिनेत्रीहरुको निर्वस्त्र तस्वीर सार्वजनिक भएको खबर आएको थियो र त्यसमा केलीको पनि नाम थियो । जसका कारण उनी तनावमा थिइन् ।

यद्यपि केलीको वजन अलिक बढि भएको उनका प्रसंसकहरुको गुनासो रहने गरेको छ । तर वैज्ञानिकहरुले भने ३२ वर्षकी यी अभिनेत्रीलाई दुनियाकै परफेक्ट फिगरवाला महिला घोषित गरेका छन् ।

स्मरण रहोस् केलीमा प्राकृतिक सुन्दरता छ र उनले अहिलेसम्म कुनैपनि प्लास्टिक सर्जरी नगराएको बताइएको छ । एजेन्सी


(२०७३ माघ १४, शुक्रबार) २२:३५ मा प्रकाशित

Exchange Rate

Nepali Patro