दुबईमा नेपाली सुरक्षागार्डको तलब बढ्यो

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ १४, शुक्रबार) ०४:१३

काठमाडौं, १४ माघ ।

दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । यसले नेपालीहरु पनि लाभान्वित हुनेछन् ।

नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र राम्रो तालिम पाउने भएका हुन् । ‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ (सिरा)का अनुसार सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिराम बाट बृद्धि भई १९२० दिराम पुग्ने छ ।

साथै कम्पनीहरुले सुरक्षा गार्डलाई राम्रो फिटनेश तालिम दिनु पर्नेछ ।

दुबईमा मंगलबार आयोजित सुरक्षा सम्मेलनमा सिराका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलबमानले कालान्तरमा सुरक्षा सेवाको गुणस्तर कमजोर बनाउने भएकाले समयमै तलवमान बढाउने निर्णय गर्नुपरेको बताए ।

‘हामी राम्रो गुणस्तर चाहन्छौं र सुरक्षा गार्डहरुलाई दुबईमा गर्व गर्ने बनाउँछौं । तर, उद्योगहरुलाई समय दिनुपर्छ, उनले भने ।

२००५ देखि ००८ सम्म सुरक्षा गार्डलाई ८०० दिराम दिइन्थ्यो । २००८ को संघीय कानुनले न्यूनतम तलब बढायो । तर, आर्थिक संकटका कारण दुबईमा न्यूनतम तलवमान समयमै लागू हुन सकेन ।

आर्थिक संकटबाट तंग्रिएपछि झण्डै ४० हजार सुरक्षागार्डको तलव बढाएर १४४० पुर्‍याइएको थियो ।


(२०७३ माघ १४, शुक्रबार) ०४:१३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना